दुवै मिर्गौलाले काम नगरेपछि पूर्वमन्त्री शेर्माकाे निधन
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बिहिबार २:५८:५७
२८ फगुन, काठमाडौं । नेपाली कांग्रेस पाँचथरका पूर्वपार्टी सभापति पूर्णकुमार शेर्मा (लिम्बू)काे निधन भएको छ । कांग्रेस पूर्व केन्द्रिय सदस्य तथा पूर्व स्थानीय विकास मन्त्रीसमेत रहेका शेर्माको आज निधन भएको हो ।
दुवै मिर्गौलाले काम गर्न छोडेपछि लामो समयदेखि थला परेका शेर्माको बुधबार दिउँसो काठमाडौंको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ७६ वर्षीय शेर्माकाे लामो समयदेखि मिर्गौलाको उपचार चलिरहेको थियो ।
शेर्मा पाँचथर क्षेत्र नं १ बाट पूर्व सभासदसमेत नर्विचित भएका थिए । उनी २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए । २००० साल असोज १२ मा पाँचथरको मिल्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मिएका शेर्मा दुई पटक कांग्रेस पाँचथरको सभापति भएका थिए ।
पाँच दशक अघि राजनीतिमा प्रवेश गरेका शेर्मा २०१८ सालमा प्रधानपञ्च, २०२१ सालमा पाँचथर जिल्ला पञ्चायत सदस्य, २०२२ सालमा पञ्चायत जिल्ला उपसभापति र २०२४ सालमा जिल्ला सभा सदस्य बनेका थिए ।
२०२५ सालमा नेपाली कांग्रेसको सदस्यता लिएका उनी त्यसपछि गाउँफर्क राष्ट्रिय अभियानको अञ्चल सदस्य पनि बनेका थिए । २०३६ सालको जनमत संग्रहमा उनी जिल्ला बहुदल प्रचारप्रसार समितिको अध्यक्ष बनेका थिए ।
राजनीतिक संघर्षका क्रममा पटक पटक पक्राउ र थुनामा परेका उनले २०४२ को सत्याग्रहमा सात महिना जेल जीवन बिताएका थिए । उनका दुई श्रीमती, दुई छोरा र पाँच छोरी छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार