स्वास्थ्य संस्थामा प्रसूति हुनेको सङ्ख्यामा सुधार हुन सकेन
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार १५:३५:१२
२९ फागुन रुपन्देही । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले मातृ तथा शिशुमृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि प्रदेशका १२ जिल्लामा रहेका ३६३ बर्थिङ सेन्टरलाई दक्ष जनशक्ति र उपकरणसहित सुविधा सम्पन्न बनाउने तयारी भएको बुधबार पत्रकार सम्मेलन गरी मन्त्रालयले जनाएको छ ।
सङ्घीय सरकारले प्रदान गरेको रु १० करोड विशेष अनुदानबाट सो कार्यक्रम सञ्चालन हुने सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । उनले कार्यक्रमबाट प्रसूति सेवा थप प्रभावकारी भइ आमा र शिशुको स्वास्थ्यमा सुधार आउने बताए ।
स्वास्थ्यकर्मीलाई तालीम तथा विभिन्न २६ प्रकारका सामग्री सो सेन्टरलाई उपलब्ध गराइने जनाइएको छ । प्रदेश स्वास्थ्य तालीम केन्द्र बुटवलका निर्देशक महेश्वर श्रेष्ठले प्रदेशमा स्वास्थ्य संस्थामा प्रसूति हुनेको सङ्ख्या ५७ प्रतिशत रहेकोे जानकारी गराउँदै कार्यक्रमले मातृ तथा शिशुमृत्युदर घटाउन थप सहयोग पुग्ने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार