सडक निर्माणमा ढिलाइ हुँदा अनुगमन समितिको चासो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार १५:५३:६
![](https://nepalbahas.prixacdn.net/media/albums/Kaski_41B8jtJ3TC_WCQFVBtCrr-1-e1583986963927_1IRFZ2JrRR.jpg)
२९ फागुन कास्की । पोखरा महानगरपालिका–२५ मेलबोटदेखि माछापुच्छे गाउँपालिका–९ सिदिङसम्मको १५ दशमलव नौ किमी सडक गत पुस मसान्तसम्मको म्यादभित्र नसकिएपछि जिल्लास्तरीय अनुगमन समितिले चासो दिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारबाट सञ्चालित कार्यक्रमबाट सो सडक निर्माण अगाडि बढेको थियो । रु २८ करोड ५२ लाख ८७ हजार ३५१ लागतमा गत वर्ष असोज पहिलो साता शिलान्यास गरिएको सो सडक म्यादभित्र ६० प्रतिशत हाराहारीमात्र काम भएपछि विसं २०७७ जेठ ११ गतेसम्मका लागि १३५ दिन म्याद थप गरिएको थियो ।
म्याद थप पछि समेत कामको गति सुस्त रहेको र थप अवधिमा समेत काम सम्पन्न हुने अवस्था नदेखिएपछि बुधबार अनुगमन समितिले अनुगमन गरी निर्माणका क्रममा देखिएका स्थानीय समस्याको समाधान गर्दै निर्माण कम्पनीलाई थप गरिएको समयभित्रमा काम सम्पन्न गर्न निर्देशन दिएको छ ।
सो सडकखण्डमा हालसम्म ६५ प्रतिशत मात्र काम भएको आयोजना प्रमुख एवं डिभिजन इञ्जिीनियर नवराज शर्माले जानकारी दिए । उनले भने, “आयोजनाअन्तर्गत सिसुवा पोल्याङटार र मेलबोट सिदिङ गरी दुई आयोजना जिल्लामा सञ्चालित छन् । अर्को आयोजनाको काम सन्तोषजनक रहे पनि यस सकडमा स्थानीय समस्यालाई देखाएर काममा ढिलाइ भएको छ । थप भएको म्यादभित्र सम्पन्न गर्न निरन्तर अनुगमन र ताकेता गरेका छौँ ।”
सो निर्माण कम्पनीले एक÷दुई स्थानमा देखिएका स्थानीयवासीका समस्यालाई देखाउने गरेकाले र अनुगमनका क्रममा ती समस्या समाधान भएकाले निर्माण अघि बढाउन अब कुनै समस्या नरहेको भनाइ शर्माको छ । जिल्लास्तरीय अनुगमन निरीक्षणको क्रममा समग्र सडकको कार्य तीव्रता तथा प्रगतिको दर सन्तोषजनक नरहेको र सुस्त रहेको पाइएकाले म्याद थप गरेको समयावधिभित्र तोकिएको गुणस्तरमा सडकको सम्पूर्ण निर्माण सम्पन्न गर्न समितिले निर्देशन दिएको छ ।
नालासहित आठ मिटर फराकिलो सडकको कूल १५ दशमलव नौ किमीमध्ये गाउँपालिकाको लुम्रेसम्मको १० किमी कालोपत्रे र बाँकी ग्राभेल गर्ने गरी हिमदुङ एण्ड थोकर-ड्रागन जेभीसँग ठेक्का सम्झौता भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री नेतृत्वमा माछापुच्छे गाउँपालिका अध्यक्ष कर्ण गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडी, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायत विभिन्न जिल्लास्तरीय कार्यालयका प्रतिनिधिसहित सरोकार भएको सम्मिलित टोलीले निर्माणको कार्यप्रगतिका पछिल्लो अवस्थाका बारेमा जानकारी लिँदै तोकिएको मितिभित्रमा निर्माण कार्य पूरा गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएको थियो ।
सडक निर्माणअत्यन्त ढिला भएकाले निर्माणमा देखिएका बाधा व्यवधानलाई समाधान गर्दै थप भएको समयभित्रमा पूरा गराउनका लागि समन्वय समितिका तर्फबाट निरन्तर प्रयास गरिएको समन्वय प्रमुख अधिकारीले बताए । निर्माण कम्पनीले कामको गति बढाउँदै निर्माणलाई तीव्रता दिएर थप समयावधिभित्र सम्पन्न गर्नको विकल्प नभएको उनको भनाइ छ । गाउँपालिका अध्यक्ष गुरुङले गाउँपालिकाको प्रमुख सडकलाई गतिका साथ निर्माण कार्य अघि बढाउन अब कुनै समस्या नरहेकाले निर्माणमा तीव्रता दिन माग गरे ।
निर्माण कम्पनी हिमदुङ एण्ड थोकर-ड्रागन जेभीका प्रोप्राइटर ऋषि गौतमले सडक तथा नाला निर्माणका क्रममा स्थानीयको घर, टहरा तथा अन्य संरचना परेकाले हटाउन कठिनाइ भएको लगायतका कारणले निर्माण कार्यमा ढिलाइ भएको दाबी गरे। केही दिनमा नै सडकमा ‘बेस मेटेरियल’ राखिने र बाँकी संरचनासमेत निर्माण गर्ने प्रतिबद्धता जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार
जलविद्युत आयोजनाको बाँध निर्माणस्थल
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ !
असार ३, २०८१ सोमबार
भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै
असार ३, २०८१ सोमबार