पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी बिन्दा पनि घुसकाण्डमा मुछिईन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार १८:२३:२
![](https://nepalbahas.prixacdn.net/media/albums/yogesha-women-2_8suT1T5fsT.jpg)
२९ फागुन, काठमाडौं । नेपालका बाईसे चौबिसे राज्यको एकिकरण अभियन्ता पृथ्वीनारायण शाहको विचार अहिले पनि उतिकै महान छ । तेती बेला उनले भनेका थिए, घुस लिन्या र दिन्या दुवै दोषी हुन् । यी दुवैथरी व्यक्ति राज्यका महाशत्रु हुन् । त्यसैले यी दुवैथरी व्यक्तिको जीउधन जफत गरी सर्वस्वहरण गरिएमा पनि कुनै पाप (अनुचित) लाग्ने छैन । वास्तवमा घुसले नै इन्साफमा तलमाथि पार्न सक्छ र विवेक बुद्धिलाई कुठाउँमा धकेल्छ । यसले समाजलाई नै विकृत बनाउँछ ।
यी सबै कुरा थाहा पाउँदा पाउँदै पनि हाम्रो समाज घुस लिन र दिनबाट अछुतो छैन । हालैको ताजा घटना स्वीस कम्पनीका नेपालस्थित प्रतिनिधि भनिएका विजयप्रकाश मिश्रसँग भएको भनिएको संवादमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुस मागेको झन्डै साढे दुई मिनट लामो श्रव्य सामग्री तीन साताअघि बाहिरिएको थियो ।
मिश्रले ’मन्त्री बाँस्कोटासँगको उक्त कुराकानी डेढ वर्षअघि नै भएको’ बताउने गरेका छन् । स्वीस कम्पनीका नेपालस्थित प्रतिनिधि मिश्रसँग भएको भनिएको संवादमा तत्कालीन सञ्चार बाँस्कोटाकोे घुसकाण्ड ताजै रहेको बेला पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती बिन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको छ ।
नेपाल नर्सिङ काउन्सिलको लाईसेन्स परीक्षामा उत्तीर्ण गराईदिने र उक्त रकम घिमिरेले खाने भन्दै गरिएको च्याट बाहिरिएको छ । काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडिएको छ । काउन्सिलकी सदस्य जिता बरालले एक विद्यार्थीसँग लाईसेन्स परीक्षामा उतीर्ण गराउन घुस मागेकी छन । सामाजिक सञ्जाल फेसबुकमा गरिएको च्याटमा जिताले नै बिन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन् । अहिले उक्त च्याट समाजिक सञ्जालमा भाइरल भईरहेको छ ।
च्याटमा जिताले कुरा गरेकी विद्यार्थीले काउन्सिलको २४ औँ परीक्षाबाट लाईसेन्समा उत्तीर्ण भएकी छिन । च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने बताएकी छिन । उनले तीन लाख मध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार बिन्दाले खाने र बाँकी अरूले बाँडेर खानुपर्ने बताएकी छिन ।
उनले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । ती विद्यार्थीले जिताको नाममा एकै पटक २ लाख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ । जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आईएमई गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन । जहाँ २ लाख ५० हजार अहिले नै हालेको र ५० हजार पछि दिने प्रतिवद्धता जनाएकी छन् । जिता नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी व्यक्ति हुन ।
यस्तो छ फेसबुकमा गरेकाे कुराकानीः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार