वढ्दै दादुराकाे संक्रमण : फेला परे २३ बिरामी
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार २०:३४:३०
२९ फागुन, चितवन । चितवनमा दादुरा–रुबेला रोग देखा पर्न थालेको छ । दुई वर्षअघि दादुराका बिरामी शून्य रहेको जिल्लामा पछिला वर्षमा २३ जनामा दादुराका बिरामी फेला परेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सन् २०१९ मा १९ र २०२० मा चार जनामा दादुरा देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख तथा वरिष्ठ स्वास्थ्य अधिकृत दीपकप्रसाद तिवारीका अनुसार सन् २०१७ र २०१८ मा दादुरा–रुबेलाका बिरामी शून्य थिए । २०१९ मा ५२ जनामा परीक्षण गरेकामा १९ र २० मा आठजनामा परीक्षण गरेकामा चारवटा केसमा पोजेटिभ आएको उनले बताएका छन् ।
तराईका विभिन्न जिल्लाबाट आएर काठ, तरकारी र इँटाभट्टामा काम गर्र्दै आएका अभिभावकका बालबालिकालाई दादुरा देखिएको उनले जानकारी दिएका छन् । दादुरा–रुबेला खोप लगाउन ढिला भएका कारण पनि पछिल्लो समयमा यसका बिरामी देखा पर्न लागेको तिवारीको भनाइ छ ।
अन्तिम पटक चितवनमा आर्थिक वर्ष २०७१÷७२ सालमा खोप अभियान सञ्चालन गरिएको थियो । भूकम्प र कर्मचारी समायोजनका कारण नेपाल सरकारले खोप अभियान सञ्चालन गर्न ढिला भएको उनले बताएका छन् । प्रत्येक चार वर्षमा दादुरा रोगको खोप लगाउनुपर्ने हुन्छ । यो रोग पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई लाग्ने गर्दछ ।
यसैबीच चितवनमा दादुरा–रुबेला विरुद्धको खोप अभियान दुई चरणमा हुने भएको छ । स्वास्थ्य कार्यालय चितवनले चैत २ गतेदेखि जिल्लाका पाँच स्थानीय तह र १० देखि दुई स्थानीय तहमा खोप अभियान शुरु गर्न लागेको हो । चार वर्षपछि शुरु गर्न लागिएको खोप अभियान जिल्लामा दुई चरणमा सञ्चालन गरिने छ ।
पहिलो चरणअन्तर्गत चैत २ देखि ७ गतेसम्म भरतपुर महानगरपालिका, रत्ननगर, माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका खोप अधिकृत अमृत महर्जनले जानकारी दिएका छन् ।
त्यस्तै दोस्रो चरणमा चैत १० देखि १८ गतेसम्म राप्ती र खैरहनी नगरपालिकामा खोप सञ्चालन गरिनेछ । यस अभियानमा नौ महिनादेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्धको खोप लगाइने भएकाले आफ्ना बालबालिकालाई नजीकको खोप केन्द्रमा लगेर खोप लागाउन अभिभावकलाई स्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।
यसपटक चितवनका ५८ हजार ९८३ जना बालबालिकालाई खोप लगाउने कार्यालयको लक्ष्य छ । खोप अभियान सम्पन्न गर्न ५६८ केन्द्रमा एक हजार १३६ स्वयम्सेवक र १३२ खोप कार्यकर्ता खटिनेछन् । खोप अभियानमा खोप तथा कोल्डचेन, शैक्षिक सामग्री आपूर्ति तथा वितरण गरिनेछ । चितवनका सात स्थानीय तहमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा खोपकर्ता र स्वयम्सेवक खटिनेछन् । भरतपुर महानगरपालिकाका २५९ खोप केन्द्रमा ४० खोपकर्ता र ५१८ स्वयम्सेवक खटाइने कार्यालयले जनाएको छ ।
रत्ननगर नगरपालिकाका ६३ खोप केन्द्रमा १६ खोपकर्ता र १२६ स्वयम्सेवक, कालिका नगरपालिकाका ४२ केन्द्रमा आठ खोपकर्ता र ८४ स्वयम्सेवक, खैरहनीका ५२ केन्द्रमा १३ खोपकर्ता र १०४ स्वयम्सेवक, राप्तीका ६७ केन्द्रमा १५ खोपकर्ता र १३४ स्वयम्सेवक, माडीका ४४ केन्द्रमा २८ खोपकर्ता र ८८ स्वयम्सेवक तथा इच्छाकामना गाउँपालिकामा ४१ केन्द्रमा १२ खोपकर्ता ८२ स्वयम्सेवक खटिनेछन् । दाजुराको खोप ७५ प्रतिशतसम्म प्रभावकारी भएको कार्यालय प्रमुख तिवारीले बताएका छन् ।
नेपाल सरकारले नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क खोप दिने गर्दछ । खोप लगाएमा ७५ प्रतिशतसम्म प्रभावकारी हुने बताइएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखेको छ ।
हाल विश्वमा दादुराबाट हुने मृत्युदर भने ६६ प्रतिशतले घटेको भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ चिकित्सक युवानिधि बसौलाले जानकारी दिनुभयो । नेपालमा सन् २००३ देखि दादुरा–रुबेलाको देशव्यापी सर्भिलेन्स शुरु भएको हो । नेपालमा खोप अभियान भएको दुईदेखि पाँच वर्षपछि दादुरा रोगीहरु बढ्ने गरेको उहाँले बताउनुभयो । नेपालमा सन् २०१९ मा ३६६ जनामा दादुरा रोग देखापरेको उहाँको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार