सभापति देउवाद्वारा शेर्माकाे निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार २२:१२:२२
२९ फागुन, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा (लिम्बू) को निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता शेर्माको यही फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत उनिप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । नेता शेर्माको निधनले अत्यन्त दुःखित र स्तब्ध बनाएको उल्लेख गर्दै सभापति देउवाले शेर्माले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा काँग्रेसको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । साथै सभापति देउवाले उनको निधनबाट पार्टीले एक निष्ठावान् नेतृत्व गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
शेर्मा विसं २०३६ को जनमत सङ्ग्रहमा बहुदल प्रचारप्रसार समिति पाँचथरको अध्यक्ष र भूपूसांसद गणेशप्रसाद रिजालको सभापतित्वमा रहेको काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको उपसभापति थिए । उनि विसं २०४८ असार १२ गते राष्ट्रियसभाको सांसद भएका थिए ।
पार्टीको दशौँ (२०५७) र एघारौँ महाधिवेशन (२०६२) मा काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापति रहेका शेर्मा दुईपटक काँग्रेस केन्द्रीय सदस्य भएका थिए । विसं २०४२ को सत्याग्रहमा काठमाडौँमा पक्राउ परी झापा चन्द्रगढी जेलमा छ महिना जेल जीवन बिताएका स्व शेर्मा २०४६ मा प्रजातन्त्र बहालीका लागि भएको ऐतिहासिक आन्दोलन अघि र त्यसपछिका आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र जेलजीवन बिताएको पार्टी कार्यालयले जनाएको छ ।
पाँचथरको साराङडाँडा—७ निगालेमा विसं २००० असोज १२ गते जन्मिएका शेर्माका पत्नी, दुई छोरा र पाँच छोरी छन् । उनको पार्थिव शरीर शुक्रबार बिहान ९ः०० देखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार