मुआब्जा रकम नपाउँदा पशुपतिको प्राचीन जात्रा अन्योलमा
नेपालबहस संवाददाता
फागुन २९, २०७६ शुक्रबार ०:२६:१०
२९ फागुन, काठमाडौं । प्राचीनकालदेखि पशुपति क्षेत्रमा सञ्चालन हुँदै आएको देशोद्वार पूजा एवं जात्रा चलाउने गुठीका धनीलाई जग्गा अधिग्रहण गरेवापत मुआब्जा नदिँदा यस वर्षको जात्रा अन्योलमा परेको छ ।
पशुपति क्षेत्र विकास कोषले विसं २०७२ मा करिब २०० वर्षअघि स्थापना भएको निजी गुठीको जग्गा अधिग्रहण गर्न मोहीलाई मुआब्जा दिए पनि देशोद्वार पूजा सञ्चालन गर्ने गुठीलाई १३ रोपनी जग्गाको मुआब्जा नदिएको गुठियारको गुनासो छ । कोषले ३४ मोहीलाई मुआब्जा दिई देशोद्वार पूजा एवं जात्रा सञ्चालन गर्ने गुठीलाई करिब रु ३० करोड नदिएर प्राचीन संस्कृति मास्न खोजेको गुठियार जलद वैद्यले गुनासो गरे ।
चैत्र कृष्ण अष्टमी अर्थात् चैत ४ गतेदेखि शुरु हुनुपर्ने जात्राको पैसा नपाएका कारण यस वर्ष जात्रा चल्ने वा नचल्ने निश्चित छैन । गुठीले पाउनुपर्ने मुआब्जाको जग्गाको पैसामा कोषले गुठी दर्ता, स्थायी लेखा नम्वर (प्यान), बैंक खाता खोले दिन्छु भनी शर्त राखेकामा सबै प्रक्रिया पूरा गरिसक्दा पनि नदिएको गुठियार एवं काठमाडौँ महानगरपालिका– ८ का पूर्वअध्यक्ष सुवर्ण वैद्यले जानकारी दिए ।
कोषकै नाममा मुआब्जा रकम राखेर वार्षिकरूपमा प्राप्त हुने ब्याजले जात्रा चलाऊ भन्ने प्रस्ताव नमानी गुठियारले बैठकसमेत बहिष्कार गरेको पनि उनले बताए । पशुपति क्षेत्रको संस्कृति बचाएर समुचित विकास गर्ने लक्ष्यका साथ स्थापना भएको कोषले प्राचीन मौलिक जात्रा मास्न लागेको भन्दै गुठियार क्रुद्ध भएका छन् ।
गुठियार छत्रानन्द वैद्य कोषका केही कर्मचारीले स्वार्थसिद्धिका लागि पदाधिकारीलाई गलत कामका लागि उक्साउने गरेको बताए । यस्तो उक्साहटबाट पशुपति क्षेत्रका मौलिक जात्रालगायत पर्व मासिन लागेको उनको दुखेसो छ । कोष सञ्चालक परिषद्मा विषय प्रवेश भइसकेकाले निर्णय गरेर कानूनसम्मतरूपमा दिने विषयमा छलफल भइरहेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए । वार्षिकरूपमा जात्रा चलाउन आवश्यक रकम दिएकाले कोषले धर्म संस्कृति नमास्ने बरु संरक्षण गरी प्रवद्र्धन गर्ने उनको भनाइ छ ।
देशोद्वार पूजा गरी चैत्र कृष्णपक्षमा जात्रा चलाउन करिब २०० वर्षअघि विश्वानन्द वैद्यले निजी गुठीका रुपमा पशुपति पारि तिलगङ्गाको १३ रोपनी जग्गा राखिदिएका थिए । यही जग्गाको आयस्तरले जात्रा चलाउने गरिएकामा पशुपति क्षेत्रको बृहत्तर विकासका लागि विसं २०७२ मा यो ठाउँ अधिग्रहण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार