अन्तिम चरणमा पाउँदी मोटरेबल पुल
नेपालबहस संवाददाता
फागुन २९, २०७६ शुक्रबार १:४८:१३
२९ फागुन, लमजुङ । यहाँका दुई स्थानीय तह जोड्ने पाउँदी मोटरेवल पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ र तनहुँ भानु नगरपालिका–११ मानेचौका जोड्ने मोटरेबल पुलको हालसम्म ९७ प्रतिशत काम सम्पन्न भएको सडक डिभिजन कार्यालय दमौली तनहुँले जनाएको छ ।
कार्यालयका अनुसार सपना निर्माण सेवा कम्पनीले उक्त पुल निर्माणको जिम्मा लिएर फम बिछ्याउने काम, पुलको जग हाल्ने काम, दुवैतर्फ एक÷एक पिलर, बीचमा चार पिलर, स्टिक्चर, ढलान, वर्डर, ग्याविन जालीलगायतका काम सम्पन्न भइसकेको सडक डिभिजन कार्यालयका इञ्जियनीयर नारायण पौडेलले बताए । उनका अनुसार अब पुलमाथि ढलान मात्र गर्न बाँकी रहेको र केही हप्ताभित्र पुल सम्पन्न हुनेछ ।
निर्माणधीन पुल १८६ दशमलव ८ सेन्टिमिटर लम्बाइ र ११ मिटर चौडाइ लामो रहेको उनको भनाइ छ । सो कम्पनीले करिब तीन वर्षभित्रै निर्माण सक्ने गरी उक्त कार्यालयसँग विसं २०७४ असार १८ गते सम्झौता गरी निर्माणको काम अघि बढाएको थियो । सम्झौताअनुसार गत पुस मसान्तभित्र पुलको निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म निर्माण भइरहेको कार्यालयले जनाएको छ ।
करसहित रु २० करोड ९७ लाख लागतमा निर्माण सम्पन्न हुने बताइएको छ । नाउँदी र पाउँदी खोला मिसिएको उक्त स्थानमा मोटरेवल पुल नहुँदा बर्खायाममा सवारी साधन आवतजावत गर्न सक्दैनन् । पुल बनेपछि भने निकै सहज हुने र सो पुलबाट दुई जिल्लाका स्थानीयवासीलाई समेत सहज हुने भएको छ । सो स्थान नजिकै मान्छे र मोटरसाइकल झोलुङ्गे पुलबाट आवतजावत गर्ने गर्दछन् । अन्य सवारी साधन भने हिउँदको बेलामा खोलाबाटै गुड्दै आएको छ । आगामी बर्खायामबाट भने सवारी आवतजावत हुने भएपछि यस क्षेत्रका बासिन्दा हर्षित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएलः फाइनल प्रवेश खेलमा जनकपुरले टस जित्यो
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार