सामसुङद्वारा दोस्रो चरणको ‘चिप प्लान्ट’ को शुभारम्भ
नेपालबहस संवाददाता
फागुन २९, २०७६ शुक्रबार २:५७:७
२९ फागुन एजेन्सी । सामसुङको चिनियाँ ‘मेमोरी चिप’ निर्माण सेवा अन्तर्गत दोस्रो चरणको कार्यक्रमको पहिलो हिस्साको सेवालाई बिहीबार चिनियाँ सहर सिआनमा सञ्चालनमा ल्याइएको बिहीबार एक कार्यक्रमबीच जानकारी गराइएको छ ।
चिप प्लान्टले मङ्गलबारदेखि सेवा सुरू गरेको बताइएको छ । “दोस्रो चरणको पहिलो भागमा सात अर्ब अमेरिकी डलरको लगानीमा निर्माण भएको चिप प्लान्टले सामसुङका लागि विशाल मात्रामा पाटपूर्जाको निर्माण गर्ने अपेक्षा गरिएको छ,” सामसुङको चिनियाँ सेमिकन्डक्टर कम्पनीका अधिकारीले बताए । प्लान्टले आगामी अगष्टसम्ममा पूर्ण क्षमतामा उत्पादन गर्नेगरी कामहरू भइरहेको उक्त कम्पनीले जनाएको छ ।
दोस्रो चरणको प्लान्ट निर्माण १४ अर्ब अमेरिकी डलरमा सन् २०१८ को मार्चमा सुरू गरिएको थियो । यसको दोस्रो चरणको दोस्रो भागको निर्माण सन् २०२१ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । त्यस्तै सामसुङको पहिलो चरणको निर्माण कूल १० अर्ब अमेरिकी डलर खर्चमा सम्पन्न गरी सन् २०१४ देखि उत्पादन सुरू गरिएको थियो ।
कम्पनीले निर्माण पश्चात सेवा सञ्चालनमा ल्याएपनि यसलाई पूर्णरूपमा उत्पादनमा लान कोरोना भाइरसको महामारीका कारण जनशक्ति र कच्चा पदार्थको समेत अभाव देखिएको चिनियाँ उक्त कम्पनीका उपप्रमुख ह्युन्की बताए । उद्योगलाई सहज सञ्चालनमा सहयोग पु¥याउन चीन सरकारले पनि सहयोग गरिरहेको उनले बताए । प्रान्तीय तथा नगरस्तरीय सरकारहरूले सामसुङ प्लान्ट र दशौँ अन्य ठूला तथा साना फर्मसँग सहकार्य गरी उत्पादनका लागि चाहिने महत्वपूर्ण सामग्रीहरूको आपूर्तिलाई प्रत्याभूत गरिरहेको पनि बताइएको छ ।
सिआनको अत्याधुनिक प्रविधि उद्योग क्षेत्रको सरकारले कम्पनी रहेकोस्थानमा सहयोगका लागि विशेष समूहको स्थापना गरी समस्याको समाधान गरिरहेको पनि उनले बताए । त्यसैले चिप प्लान्टले उत्पादन गर्ने सामग्रीमा कुनै समस्या नआउने र पहिलो चरणको मेमोरी चिप्स निर्माण कार्यक्रम अन्तर्गत जनवरी र फेब्रुअरीमा एक लाख ३० हजार महत्वपूर्ण चिप्सको निर्माण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार