कोरोनाको प्रभाव : होटल व्यवसायसँगै हस्तकला व्यापार नै चौपट
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १५:३९:५१
३० फागुन, रामपुर । कोरोना भाइरस सङ्क्रमणको प्रभाव विशेष गरी पाल्पाका ढाका उद्योग, होटल रेस्टुराँ तथा अन्य व्यवसायमा परेको छ । लुम्बिनी र पोखराको बीच भागमा पर्ने जिल्ला सदरमुकाम तानसेनको अहिले सुनसान जस्तै बनेको छ ।
लुम्बिनी र पोखरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल रहन्थ्यो । पर्यटक आउनेक्रम सुस्त भएसँगै यसको असर व्यवसायमा पुगेको हो । विशेष गरी पाल्पाली ढाका उद्योग र होटल व्यवसायमा सो भाइरसको सङ्क्रमणबाट नराम्रो असर परेको सम्बद्ध व्यवसायी बताउँछन् ।
यहाँको पहिचानका रुपमा प्रख्यात ढाका उद्योगलाई कोरना भाइरसले असर पारेको पाल्पाली ढाका उद्योगी सागर महर्जन बताउछन्। “कोरनाको सन्त्रासले ढाका उद्योगमा नराम्रो असर पुगेको छ । अहिले व्यापार व्यवसाय कम हुँदै गएको छ”, उनले भने । उत्पादन भएका ढाका कपडाका सामग्री बिक्री नहुँदा त्यत्तिकै पसल उद्योगमा समय बिताएर बस्नुपरेको उद्योगी व्यवसायी गुनासो गर्छन् ।
ढाका खरिद गर्नकै लागि पर्यटक यहाँ आउने गर्छन् । तर अहिले भाइरसको सन्त्रासले विदेशी पर्यटकको चहलपहल हराउन थालेको छ । ढाका उद्योेगबाट उत्पादित विभिन्न सामग्री कोशेलीका रुपमा लैजाने चलन छ । विदेशी पर्यटकले ठूलो परिमाणमा ढाका कपडा खरिद गर्दा व्यापारीलाई राम्रो आम्दानी गर्ने अवसर हुन्छ । विदेशी पर्यटकको आवागमन नै कम हुन थालेपछि ढाका कपडाको व्यापार व्यवसायमा कमी आएको व्यवसायी मनोज पौडेल बताउछन् ।
“कोशेलीका रुपमा धेरैजसो ढाका कपडाबाट उत्पादित सामग्री बाह्य पर्यटकले खरिद गर्ने हुँदा व्यवसायी उद्योगीलाई राम्रो आम्दानी आउँछ, कोरोना भाइरसको प्रभावले अहिले व्यापार नै चौपट हुने अवस्थामा छ”, उनले भने । ठूलो लगानीमा उद्योग व्यवसाय सञ्चालन गरेका व्यक्ति व्यापारमा सुस्तता आउँदा मारमा परेका छन् । भाइरसले ढाका उद्योग, होटल व्यवसायसँगै हस्तकलाका उद्योग, विभिन्न साना तथा ठूला व्यवसाय प्रभावित बनेको छ ।
पर्यटकको बाक्लो उपस्थितिले होटल रेस्टुराँ भरिभराउ हुन्थे । विगत एक महिनायता सुनसान जस्तै छ । भाइरसका कारण जिल्लाका ठूलासाना सबैजसो उद्योग, व्यापार व्यवसाय प्रभावित बन्न पुगेको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं होटल व्यवसायी सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ जानकारी दिए । “व्यापार व्यवसाय नै कम भएपछि आयस्रोत नै अत्यन्त न्यूनमात्रामा छ, बाह्य पर्यटकले गर्दा ठूला व्यापार व्यवसाय, उद्योगमा सहयोग पुगेको थियो”, उनले भने । व्यापार कम हुँदा मासिक भाडा तिर्न व्यवसायीलाई समस्या भइसकेको उनले बताए ।
सदरमुकाम तानसेनमा पनि हिजोआज अत्यावश्यक कामकाजका मात्र मानिस पुग्ने गर्छन् । घुमघाम गर्न जाने पर्यटकको चहलपहलले बजार गुञ्जायमान हुन्थ्यो । तर अहिले भने अति आवश्यक कामबाहेकका व्यक्ति कोही नभित्रिँदा सदरमुकामको वातावरण सुनसानमय बनेको छ । तानसेनको टुँडीखेल मैदान, श्रीनगरडाँडा, नेपालको ताजमहलका रुपमा रहेको रानीमहल दरबार, भैरवस्थान मन्दिरलगायतका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पर्यटकको चहलपहल कम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार