दाङका सात वडामा स्वास्थ्य संस्था पुगेका छैनन् भएकापनि भाडाको भवनमा
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १७:५५:३३
३० फागुन, काठमाडौं । दाङका २९ स्वास्थ्य संस्था भाडाको भवनबाट सेवा प्रवाह गर्न बाध्य छन् । तुलसीपुर उपमहानगरपालिकाका सात, शान्तिनगर गाउँपालिकाका तीन, राजपुर गाउँपालिकाका पाँच, दङ्गीशरण गाउँपालिकाका चार, बगलाचुली गाउँपालिकाका दुई, घोराही उपहानगरपालिकाका दुई, लमही नगरपालिकाका दुई स्वास्थ्य संस्था भाडाको भवनमा सञ्चालित छन् ।
त्यस्तै राप्ती गाउँपालिकाका तीन र बबई गाउँपालिकाको एक स्वास्थ्य संस्था पनि भाडाको भवनमा सञ्चालनमा आएका छन् । दाङको गढवा गाउँपालिकामा भने सबै स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए । भाडामा रहेका स्वास्थ्य संस्थाका लागि भवन निर्माणको प्रक्रिया अघि बढिरहेको सम्बन्धित पालिकाका प्रमुख तथा प्रतिनिधिले जानकारी दिएका छन् । कुनै स्वास्थ्य संस्थाको भवन निर्माणको काम शुरु भएको छ भने केहीको अन्तिम चरणमा पुगेको छ ।
तुलसीपुर उपमहानगरपालिकामा भाडामा रहेका स्वास्थ्य संस्थामध्ये वडा नं २ र ६ मा रहेका स्वास्थ्य संस्थाको भवन निर्माण अन्तिम चरण रहेको र यही आर्थिक वर्षमा सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । अरु वडाको काम यो वर्षमा ४० प्रतिशत हुने र अर्को आर्थिक वर्षमा बजेट छुट्याएर काम पूरा गर्ने उनले बताए ।
त्यसैगरी घोराही उपमहानगरपालिका–१ का लागि बजेट छुट्याइसकेको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए । वडा नं १५ मा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि जग्गा नपाएका कारण भवन बन्न केही समय लाग्ने उनले बताए । त्यस्तै लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण आर्चायले स्वास्थ्य संस्था नभएको वडामा स्वास्थ्य संस्था स्थापना गर्नका लागि प्रक्रिया शुरु भएको जानकारी दिए ।
त्यस्तै शान्तिनगर गाउँपालिकामा आफ्नै भवनमा स्वास्थ्य संस्था नभएका वडामा भवन बन्ने प्रक्रियामा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले बताए । राजपुर गाउँपालिकामा भाडामा रहेका स्वास्थ्य संस्थाको भवन बनाउनका लागि बोलपत्र प्रक्रिया भई भवनको काम भइरहेको र अबको दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको कमल रोकायाले जानकारी दिए ।
त्यस्तै दङ्गीशरण गाउँपालिकामा गएको वर्षमा गाउँपालिकाबाट केही बजेट छुट्याएर भवन निर्माणको काम भइरहेको स्वास्थ्य शाखा संयोजक दशरथ गिरीले जानकारी दिए । बबई गाउँपालिकामा तीन स्वास्थ्य संस्थाका लागि भवन निर्माण भइरहेको र यही आर्थिक वर्षसम्म भवन निर्माण हुने हरि खड्काले जानकारी दिए । बगलाचुली गाउँपालिकामा स्वास्थ्य संस्थाको भवन निर्माणको काम भइरहेको र अबको दुई महिनामा भवन निर्माण सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जानकारी दिए ।
राप्ती गाउँपालिकामा भाडाको वडा नं ४, ६ मा यो आर्थिक वर्षमा भवन निर्माण हुने र वडा नं ९ मा रहेको स्वास्थ्य संस्थाका लागि सरकारबाट बजेट नपरेकाले केही समय लाग्ने स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिए । आफ्नै भवन नभएको हुँदा सेवाग्राहीलाई सोचेअनुसार सेवा प्रदान गर्न नसकिएको बगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भक्तबहादुर जिसीले जानकारी दिए । भाडामा स्वास्थ्य संस्था सञ्चालन गर्दा सरसफाइलगायत आफ्नो आवश्यकताअनुसारको कोठालाई प्रयोग गर्न नसकिने भएकाले सेवाग्राहीको आवश्यकताअनुसार सेवा दिन नसकिएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए । स्वास्थ्य संस्थाका लागि चाहिने सामान राख्नका लागि समेत समस्या हुने गरेको उनको भनाइ छ । दाङका १० स्थानीय तहका १०० वडामध्ये सात वडामा स्वास्थ्य संस्था पुगेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार