क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना संक्रमण, जस्टिन क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १८:१८:२४
३० फागुन, एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोरी ट्रुडोलाई कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण देखिएको छ । बिहीबार राति क्यानडेली प्रधानमन्त्रीको कार्यालयले सोफीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको हो ।
सोफीको स्वास्थ्य अवस्था ठीक रहेको र चिकित्सकको सल्लाहमा आइसोलेसनमा रहेको पनि क्यानडेली सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै प्रधानमन्त्री जस्टिन ट्रुडो पनि १४ दिन आइसोलेसनमा बस्ने भएका छन् । कुनै लक्षण नदेखिएकाले उनले भने कोभिड–१९ को परीक्षण गर्नु नपर्ने चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ट्रुडोले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दैछन् ।बिहीबार बेलायतबाट फर्केपछि सोफीलाई ज्वरो आउन थालेको थियो । क्यानडामा अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने १३२ जनामा संक्रमण देखिएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमण अहिले विश्वका १२५ देशमा फैलिइसकेको छ ।
शुक्रबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ भने एक लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । ७० हजारभन्दा बढी निको भइसकेका छन् । पछिल्लो समय चीनमा कोभिड–१९ को प्रकोप घट्दै गए पनि युरोपेली र अमेरिकी मुलुकमा भने बढिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार