कोरोना, व्यापारी र राजनीति

इन्द्र रिजाल
फागुन ३०, २०७६ शुक्रबार १८:३६:५७

सम्पादकीय
३० फागुन, काठमाडौं । कोरोना भाइरस आतंकले विश्व नै थला परेका बेला नेपालमा भने कालाबजारियालाई दशैं आएजस्तो भएको छ । दैनिक उपभोग्य सामग्रीको कृतिम रुपमा चरम अभाव सिर्जना गरिएको छ । तर सरकार मौन छ । बोलीमा सरकारले अभाव नहुने भनेपनि बजारमा केही पाउन छाडिसकेको अवस्था छ ।
नाकमुख छोप्ने मास्क मात्र हैन हात सफा गर्ने सेनिटाइजर नपाइएको हप्तौं बितिसक्यो । त्यसपछि खाना पकाउने ग्याँस अनि दैनिक उपभोग्य सामग्रीको अभाव सर्वत्र छाएको छ । बजार अनुगमन गर्ने सरकारी निकाय सर्वसाधरणको आँखामा छारो हाल्दै छ ।
छिमेकी भारतमा एकजनाको कोरोना भाइरसका कारण मृत्यु हुँदा पूरा देश नै लक्ड गरिएको छ । विदेशीलाई भारत छिर्न पूर्णत बन्देज लगाइको छ । भीडभाड हुने सार्वजनिक थलोमा मानिसको उपस्थिति पातलो पार्न सुरु भएको छ । तर नेपालमा भने सरकार कुनैपनि क्षेत्रमा जिम्मेवार देखिएको छैन । उल्टो स्वास्थमन्त्री भानुभक्त ढकाल भन्छन् ,अब नागरिक स्वयं क्वारेन्टाइनमा बस्नुपर्छ । मानौं जनताप्रति सरकारको कुनै जिम्मेवारी नै छैन ।
सरकार प्रमुख मृगौला प्रत्यारोपण गरी अस्पतालको बेडमा स्वास्थलाभ गर्दैछन् । प्रमुख नै थला परेकाले हुनसक्छ सबै सरकारी संयन्त्र भुत्ते भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सरकारलाई पर्याप्त मात्रामा घच्घच्याउन कञ्जुस्याईं गरिरहेको छ । कोरोना र प्रधानमन्त्रीको अस्पताल बसाईले मुलुकी राजनीति नै शिथिल भएको छ । न कुनै राजनीतिक गतिविधि नै अगाडि बढेको छ, न कुनै ठोस प्रगतिकै पक्षमा परिस्थिति स्पष्ट भएको छ । यसैबीच पूर्व पञ्चहरुको जत्थाका रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने गोमूत्र अर्थात गहुँत छर्किने मौका पाएको छ ।
पटकपटक फुटेर नेपाली राजनीतिक क्षेत्रको सम्पूर्ण परिभाषा नै बदल्न सफल राप्रपा अब भने सदाका लागि एकढिक्का भएको उद्घोष गरिएको छ । फेबिकोल लगाएरै जुटेको भान पर्ने गरी सन्देश दिन खोजियो, एकता घोषणासभामा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले त भागवत गीता नै निकालेर किरिया खाए, अब राप्रपा फुटाउँदिन भनेर । राप्रपाका नेता थापाको यो कदम धेरैका लागि विष्मयकारी लागेको छ ।
नेपाली राजनीतिमा मुसा प्रवृत्तिका रुपमा स्थापित कमल थापाले भागवत गीता हातमा लिएर अब पार्टी नफुटाउने उद्घोष गर्दा हिन्दीको एउटा उखान सम्झन बाध्य बनाउँछ – “सौ मुसक खा के बिल्ली चली हज कर्ने काे” अर्थात सयवटा मुसा खाएर बिरालो हज गर्न हिंडेजस्तो । तर यस्तो नाटक गर्न खप्पिस कमल थापालाई जनताले कत्तिको पत्याएछन् भनेर परीक्षण गर्न त अर्काे निर्वाचन कुर्नै पर्ला । उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि आफ्नो पूर्व परिचयबाट रत्तिभर डगेको छैन । अर्थात चरम विवाद र अन्तसंघर्ष ।
विवाद र अन्तसंघर्ष नेपाली कांग्रेसको अर्काे नाम हो । पार्टी स्थापनाकालदेखि नै अविश्वास र बेमेल रोपिएको कांग्रेसमा अहिलेसम्म त्यही रोग कायमै छ । पार्टी सभापति शेरबहादुर देउवा आगामी चौधौं महाधिवेशनमा जसरी भएपनि अर्काे टर्म सभापति पद दोह¥याउन मरिहत्ते गर्दे छन् । त्यसका लागि जस्तोसुकै साम, दाम, दण्ड, भेद नीति अख्तियार गरिरहेका छन् । कार्यकाल समाप्त हुने अघिल्लो दिन एकपक्षीय रुपमा पार्टीका विभाग र केन्द्रीय सदस्य मनोनयन गर्छन् । अर्कातिर भागबण्डा मिल्दा अवैधानिक कदम पनि स्वीकार्ने नमिल्दा बिरोध गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल प्रवृत्ति पनि कम घातक छैन । अझ तेस्रो धारको नाममा अशंवण्डा खोज्ने कृष्णप्रसाद सिटौला मार्काले त पार्टीलाई एउटा क्लबमा परिणत गरिदिएको छ ।
आगामी महाधिवेशनसम्म त्यही प्रवृत्ति मौलाउने निश्चित छ । कांग्रेसप्रति जनताको घट्दो आकर्षणको मुख्य कारण यिनै हुन् । सरकारको बढ्दो अलोकप्रियतालाई कांग्रेसले उपयोग गर्न सकेन र गर्ने जाँगर समेत देखाएको छैन । त्यसैले कांग्रेसले खेल्नुपर्ने भूमिका कमजोर र भुत्ते भएको छ ।
उता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताको शैली त लुई चौधौं जस्तो देखिन्छ । जनताले दुईतिहाई मत दिएको पक्षलाई शासन गर्ने हक पाएको जस्तो ठानिएको छ । जनविरोधी काम जति गर्न पनि छुट छ भन्ने बुझाई नेताहरुमा व्याप्त छ । पछिल्लो अवस्था चाहिं सत्ताकेन्द्रित देखिन्छ । प्रधानमन्त्री केपी ओली आफूलाई घेराबन्दी गर्न थालेको भन्दै आफ्नै पार्टीका शीर्ष नेतासँग आगो भएका छन् भने ओलीलाई एक्ल्याउने रणनीतिमा रहेका अरु नेता भने आवश्यक परे प्रधानमन्त्री फेर्नसम्म तयार भएको मनस्थिति थियो ।
परिस्थिति प्रतिकुल भएको बुझेपछि ओलीले मृगौला प्रत्यारोपण गर्ने निर्णय लिए । यसबाट उनले एकैपटक दुइटा शिकार खेले । विरोधीको मुख बुजो लगाउने र आफ्नो स्वास्थलाभ पनि गर्ने । त्यही रणनीति अन्तर्गत ओली अहिले अस्पतालको बसाई लम्ब्याइ रहेका छन् । नेकपाका नेताहरु पनि यस्तो अवस्थामा केही गर्न नसक्ने भएका छन् । त्यसैले कोरनाको कहर रहेसम्म नेपाली राजनीतिक क्षितिजमा कालो बादल रहने देखिन्छ । कोरोनाको बहानामा व्यापारी मात्र होइन राजनीति गर्नेले समेत राम्रै अवसर पाउने छाँटकाँट छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतराई-मधेस जागरण अभियान: प्रचण्ड आउने भएकाले आज विद्यालय बन्द गर्न माओवादीको दबाब
फागुन १३, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
फागुन १३, २०८१ मंगलबार
माओवादीमा‘तराई मधेश जागरण अभियान’ शुरुकै दिन विवाद
फागुन १२, २०८१ सोमबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
पशुपति विकास कोषका सदस्य सचिव भन्छन, महाशिवरात्रिमा दशककै बढी भक्तजन आउने अपेक्षा छ
फागुन १३, २०८१ मंगलबार
आईएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
फागुन १३, २०८१ मंगलबार
ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन
फागुन १३, २०८१ मंगलबार
कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा
फागुन १३, २०८१ मंगलबार
छावाका निर्मातालाई १०० करोड मानहानीको धम्की, निर्देशकले मागे माफी
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
पशुपति विकास कोषका सदस्य सचिव भन्छन, महाशिवरात्रिमा दशककै बढी भक्तजन आउने अपेक्षा छ
फागुन १३, २०८१ मंगलबार
आईएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
फागुन १३, २०८१ मंगलबार
ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन
फागुन १३, २०८१ मंगलबार
कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा
फागुन १३, २०८१ मंगलबार
छावाका निर्मातालाई १०० करोड मानहानीको धम्की, निर्देशकले मागे माफी
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
पशुपति विकास कोषका सदस्य सचिव भन्छन, महाशिवरात्रिमा दशककै बढी भक्तजन आउने अपेक्षा छ
फागुन १३, २०८१ मंगलबार
आईएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
फागुन १३, २०८१ मंगलबार
ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन
फागुन १३, २०८१ मंगलबार