झापामा कृषकलाई अनुदानमा च्यापकटर
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १८:४४:४३
३० फागुन, काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । आज एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७० कृषकलाई उक्त यन्त्र प्रदान गरेको हो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, सहारा नेपाल साकोसका कार्यक्रम संयोजक किसन गौतमलगायतले संयुक्तरूपमा च्यापकटर कृषकलाई हस्तान्तरण गरेका थिए । नगरप्रमुख शिवाकोटीले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यन्त्र प्रदान गरेको बताए । “कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको छ”, उनले भने, “नगरपालिकाले प्रदान गरेको मेसिनको सदुपयोग गर्नुहोस्, कृषकको जीवनस्तर उकासिनु भनेको राष्ट्रकै विकास हुनु हो ।”
कार्यक्रममा कृषक नन्दु उप्रेतीले यन्त्र प्रदान गरेकामा धन्यवाद दिँदै सही कृषकको पहिचान गरेर नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिए । उपप्रमुख प्रसाईंले नगरमा कृषि क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । साझेदारी अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई नगरपालिकाले ४५ र सहारा नेपाल साकोसले २५ च्यापकटर दिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिए । रु छ लाख ४० हजारको लागतमा उक्त यन्त्र खरिद गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा पशु सेवाअन्तर्गत रु एक करोड १६ लाख बजेट विनियोजन गरेको प्रमुख दाहालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार