कोरोना भाइरस सङ्क्रमणका कारण गलैँचा निर्यात ठप्प ,गुजारा चलाउँनै मुस्किल
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १९:२१:५१
३० फागुन, काठमाडौं । करिब २० वर्षअघि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा गलैँचा र गार्मेन्ट थिए । तर अहिले गलैँचा र गार्मेन्टको निर्यात न्यून परिमाणमा मात्र हुन्छ । अन्तरराष्ट्रिय बजारमा गलैँचा निर्यात हुन छाडेपछि सिन्धुपाल्चोकमा गलैँचा बुनेर जीवन गुजारा गर्नेलाई अप्ठ्यारो परेको छ ।
घरमै बसेर बुन्न र आम्दानी गर्न सकिने भए पनि बजार नभएकै कारण गलैँचा उद्योग धरासयी बन्न थालेको छ । सोही कारण पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवाका हीरा तामाङलाई घर खर्च कसरी चलाउने भन्ने चिन्ता छ । गलैँचाको अत्यधिक माग हुने चीनमा कोरोना भाइरस सङ्क्रमणका कारण गलैँचा निर्यात ठप्प छ । त्यसैले गलैँचा उद्योगमै निर्भर २०० भन्दा बढी परिवार आर्थिक समस्यामा परेका छन् ।
गलैँचा बुनेर स्वरोजगार भएका बढीजसो महिला छन् । उनीहरू खेतबारीको कामसँगै साँझ–बिहान गलैँचा बुन्छन् । महिलाका लागि गतिलो आम्दानीको स्रोत बनेको गलैँचा उत्पादन र निर्यात ठप्पजस्तै बनेपछि मासिक रु २० हजारसम्म कमाउने स्थानीय सुकुमाया तामाङलाई गुजारा चलाउनै मुस्किल परेको छ । जिल्लाको हिमाली भेगका धेरैजसो स्थानमा गलैँचा बुन्नेहरू भेटिन्छन् ।
आजभोलि गाउँघरमा रहेका साना उद्योगले पनि आत्मनिर्भर बन्नमा सहयोग गरिरहेका छन् । गलैँचा निर्यात नहुँदा यसअघि पाउँदै आएको पारिश्रमिक पनि घटेको अर्का स्थानीयवासी कर्मु लामाले गुनासो गरे । स्थानीय सरकारले साना उद्योगलाई प्रोत्साहन गर्दै उत्पादन भएका गलैँचालाई स्वदेशमै बिक्री गर्ने वातावरण बनाउन सके आफूहरूलाई सजिलो हुने उद्यमी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार