भरतपुरमा कोरोना रोकथाम समिति गठन
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १९:३३:५८
३० फागुन, काठमाडौं । भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन गरेको छ ।
महानगरमा आज बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक सदस्य सचिव रहने गरी समिति गठन गरेको हो ।
महानगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै यसको रोकथामका लागि समन्वय समिति गठन गरेको हो । बैठकले महानगरका सबै वडामा वडास्तरीय समन्वय समिति गठनका लागि अनुरोध गर्नुका साथै सूचनामूलक क्रियाकलाप गर्न गराउन आग्रहसमेत गरेको छ ।
बैठकमा सहभागी स्वास्थ्य शाखा सहसंयोजक सूर्य तिवारीका अनुसार कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी चिकित्सकीय टाक्स फोर्स गठन गर्ने निर्णयसमेत गरिएको छ । यस्तै महानगरपालिकाभित्र रहेका सरकारी तथा निजी अस्पतालमा आइसोलेसन वाड (छुट्टै कक्ष) तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको तिवारीले जानकारी दिए ।
बैठकमा जिल्लामा सङ्क्रमणको खतरा र यहाँ अपनाइएका सावधानीका बारेमा महानगरका स्वास्थ्य विज्ञ डा भोजराज अधिकारी, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य, चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल, निजी अस्पताल समन्वय समिति (अफिम) का नारायण सिंह कुँवर, विक्रम अधिकारी लगायतले बोलेका थिए । सो बैठकले भरतपुर विमानस्थलमा रहेको स्वास्थ्य परीक्षण कक्षालाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार