‘कोभिड–१९’ नेपालमा फैलिन नदिने उद्देश्यका साथ ललितपुरमा तालीम सञ्चालन हुने
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार २१:८:३
३० फागुन, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का वैज्ञानिकले आफ्नो कार्यकक्षमा स्वास्थ्यवद्र्धक तालीम सञ्चालन गर्ने भएका छन् । चीनबाट फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमण नेपालमा फैलिन नदिने उद्देश्यका साथ हात धुने स्यानिटाइजर बनाउन लागिएको हो ।
नाष्टले माहानगरको २९ वडाका एक–एकजना मानिसलाई एक वा दुई दिनको उक्त तालीम दिने भएको छ । नाष्टबाट तालीम लिएकाले आ–आफ्ना वडामा गई अन्यलाई स्यानिटाइजर निर्माण गर्न सिकाउने छन् । यदी मुलुकमा कोरोना भित्रियो भने त्यसको असर मानिसमा पर्न नदिन पूर्व सावधानी अपनाउन लागिएको र बजारमा अभाव भइरहेको स्यानिटाइजर छिट्टै सहज बनाउन नाष्ट र लपु महानगरपालिकाबीच यस सम्बन्धी सहकार्य पनि भइसकेको छ ।
तालीममा स्थानीय बस्तुको प्रयोग गरी स्यानिटाइजर निर्माण गर्न सिकाइने नाष्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले बताए । उनले भने, “हामीले विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुरुप उक्त स्यानिटाइजर निर्माण गर्न सिकाउने छौँ । बजारमा पाइने स्यानिटाइजरले जीवाणु (ब्याकटेरिया) कम गर्छ भने हामीले निर्माण गर्ने स्यानिटाइजरले सजिलै सुक्ष्मजीवाणु (भाइरस) कम गर्नेछ ।” नाष्टबाट उत्पादित स्यानिटाइजर बजारमा पाइनेभन्दा फरक हुने ढुङ्गेलले बताए ।
मानिसमा दिनानुदिन बढ्दै गएको कोरोनाको त्रास हटाउन स्थानीय सामग्रीबाट स्यानिटाइजर निर्माण गर्न सकिन्छ भन्ने चेतना फैलाउन र जानकारी प्रवाह गर्न आवश्यक रहेको नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा सजनलाल स्याउलाको भनाइ छ । उनले भने, “अब हामी छिट्टै तालीम सञ्चालन गर्छौँ । तालीममा स्थानीय रक्सी (तीनपाने रक्सी) लगायत अन्य रसायन (केमिकल) प्रयोग गरेर निर्माण गर्ने विधि सिकाइने छ । हामीले निर्माण गरेको स्यानिटाइजर प्रयोग गरेको छदेखि आठ सेकेण्डमा यसले काम गर्छ ।” ललितपुरमै स्यानिटाइजरको उत्पादन शुरु भएसँगै बजारमा यसको अभाव महसुस गर्नुनपर्ने स्याउलाको मत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार