१०० नम्बरमा ‘ब्लफकल’ नगर्न आग्रह
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार २३:२:१०
३० फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कन्ट्रोल कक्षमा अनावश्यक ‘ब्लफकल’हरू आउन थालेपछि सुरक्षाकर्मी हैरान भएका छन् । डडेल्धुरा प्रहरीको १०० नम्बरमा दैनिक आउने ब्लफकलले सुरक्षाकर्मीलाई हैरान बनाएको हो ।
अत्यावश्यक कामका लागि वा कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका हुन् । ड्युटीमा खटिएका बेला आउने ब्लफकलले हैरान बनाउने गरेको प्रहरीको भनाइ छ । प्रहरीको १०० नम्बरमा दैनिक करिब ४०–५० वटा फोन आउने गरेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । ब्लफकल विशेष गरेर रातिको समयमा आउने गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
‘ब्लफकल गर्नेहरुमा महिला, पुरुष तथा बालबालिका रहेको भए पनि महिलाको सङ्ख्या बढिरहेको छ ।’ उनले भने, “गलत सूचना दिने, जथाभावी गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोहीकेही नबोल्ने, फोन होल्डमा राखि राख्नेजस्ता कार्य गर्छन् ।” राति आउने फोनले सुरक्षा प्रदान गर्नसमेत चुनौती थपेको उनको भनाइ छ ।
कन्ट्रोल कक्षका प्रहरी मात्रै नभइ कार्यालय प्रमुखदेखि अन्यलाई समेत दुःख दिएकाले आवश्यकता बिना फोन नगर्न डडेल्धुरा प्रहरीले एक सूचना प्रकाशित गरी आग्रह गरेको छ । साथै गैरजिम्मेवारी तवरले भ्रामक सूचना दिने, जिस्काउने, हटलाइन (१००) नम्बर व्यस्त पारी सेवा अवरुद्ध पार्नेजस्ता अमर्यादित तथा गैरकानूनी काम गरेमा कानून बमोजिम कारवाही अगाडि बढाउने प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार