प्रम ओली बालुवाटार फकर्दै, कस्ताे छ स्वास्थ्य अवस्था ?
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार २३:१२:११
३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास फिर्ता हुने भएका छन् ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज पत्रकार सम्मेलन गरी उनको स्वास्थ्यावस्था राम्रो रहेकाले निवास फिर्ता गर्न लागिएको जानकारी दिए । ‘‘प्रधानमन्त्रीलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ अस्पतालबाट डिस्चार्ज गरिने भएको छ’’, उनले भने । यसअघि मिर्गौलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसकेकी छन् ।
प्रधानमन्त्री ओली शारीरिक रुपमा अशक्त छन्, तर उनी दुनियाँलाई तगडा रहेको सन्देश दिन चाहन्छन् । दोस्रो पटक मृगौलाको प्रत्यारोपण गराएका ओली लामो समय अस्पताल बस्दा आफ्नो स्वास्थ्यबारे चल्न सक्ने हल्ला र त्यसको प्रतिकार गर्न लाग्ने समय खेर फाल्न चाहन्नन् ।
मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु अगाडि नै उनले चिकित्सकसँग छलफल गरेका थिए । सबै चिकित्सकले बढीमा एक हप्ताभित्र तपाई पूर्ववत काममा फर्कन सक्नुहुन्छ भनेर आश्वस्त गराएका थिए । त्यसैले ओली अस्पताल भर्ना भएको एकसाता पुग्दै गर्दा डिस्चार्ज हुन चाहन्थे । उनले चिकित्सकहरुलाई पूर्ववाचा पटकपटक सम्झाए । त्यसैले गत बुधवार नै अर्थात हप्ता दिनभित्रै उनलाई डिस्चार्ज गर्न चिकित्सक तयार थिए । किनभने ओलीको स्वास्थ्यमा अपेक्षा गरे बमोजिमकै सुधार भएको थियो । तर ओलीकी श्रीमती राधिका शाक्य र निजी चिकित्सक डा. दिव्या सिंह शाह भने संभावित संक्रमणको त्रासले गर्दा डिस्चार्ज गर्न तयार भएनन् ।
जसले गर्दा ओलीको अस्पताल बसाई केही लम्बियो । तर ओलीको जिद्दीले आज काम गर्यो । अर्थात आज ओली अस्पतालबाट सरकारी निवास स्थानान्तरण हुँदैछन् । बाहिर भन्दा ओली अस्पतालबाट डिस्चार्ज भनिएपनि उनको स्वास्थ्य भने श्रीमती र निजी चिकित्सक डा. शाहले भने जस्तै तन्दुरुस्त छैन । त्यसैले प्रधानमन्त्रीको सरकारी निवासमा अब अस्पतालकै जस्तो सेवा सुविधा उपलव्ध हुने गरी व्यवस्था मिलाइएको छ ।
तर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था भने अझैपनि धेरै संवेदनशील रहेको अस्पताल स्रोतको भनाई छ । अब हाम्रो ड्युटी अस्पतालमा कम बालुवाटारमा बढी हुने भो – एकजना डाक्टरले नेपालबहस डटकमलाई भने । अब संस्थागत रुपमै ओलीले बेडबाटै शासन सत्ता चलाउने भए – उनले भने ।
हुनपनि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. शाहले अस्ती मात्रै पत्रकार सम्मलेन गरी सामान्य जीवनयापन गर्न छ महिनादेखि एकवर्ष लाग्ने स्वीकार गरेकी थिइन् । प्रधानमन्त्री ओली यही फागुन १९ गते मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पतालमा भर्ना भएका थिए । उनको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार