खाद्यले चैतसम्म तीन लाख क्विन्टल धान खरिद गर्ने
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शनिबार १:५१:४०
३० फागुन काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई लाख ६ हजार ९०८ क्विन्टल धान खरिद गरेको छ । यस वर्ष तीन लाख धान खरिद गर्ने भने तापनि अहिलेसम्म दुई लाख ६ हजार ९०८ क्विन्टल धान खरिद गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए। उनले चैत मसान्तसम्म धान खरिद गरेर तीन लाख क्विन्टल धान पु¥याउने बताए।
उनका अनुसार मोटा धान धनगढीमा ३५ हजार ६९९, बर्दियाको राजापुरमा दुई हजार ८८०, मकवानपुरमा ३० हजार २०१, सत्ती कैलालीमा १४ हजार ३५ र नेपालगञ्जमा नौ हजार २३७ तथा मध्यम धान ३१ हजार ४४० क्विन्टल खरिद गरेको छ । राजापुरमा पुनः पाँच हजार क्विन्टल धान खरिद गर्न भनिएको उनले बताए ।
यसैगरी कम्पनीले विर्तामोडमा सोना मन्सुली धान १८ हजार ९६०, रन्जित धान दुई हजार ४२९, महेन्द्रनगरमा मोटा धान ६ हजार ४२, जनकपुरमा सोना मन्सुली धान १३ हजार ७३८ र बासमती धान ७३ क्विन्टल खरिद गरेको छ ।
त्यस्तै वीरगञ्ज शाखा कार्यालयबाट सोना मन्सुली १९ हजार ९९९, जिरा मसिनो धान ३२, लहानमा सोना मन्सुली २१ हजार ६९३ र विराटनगरम सोना मन्सुली ५४६ क्विन्टल खरिद गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार