ट्याक्सी चालकहरु पछि हटे, टुटल पठाओ सेवा सुचारु
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शनिबार २:४९:१६
२९ फागुन, काठमाडौं । मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका टुटल र पठाओ यथावत् रूपमा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव विभागीय प्रमुख तथा कानुन शाखाका अधिकारीबीचको अनौपचारिक छलफलपछि टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिनेमा निर्णय भएको हो ।
छलफलले उपत्यकाको राइड सेयरिङको नियमन गर्ने विषय प्रदेशअन्तर्गत पर्ने भएकाले राइड सेयरिङ रोक्न नसकिने निष्कर्ष अनौपचारिक निकालेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले संविधानले नै सवारी तथा यातायातको नियमनलगायतको काम प्रदेशअन्तर्गत तोकिसकेको र बाग्मती प्रदेशको सवारी यातायातसम्बन्धी ऐनको दफा १३ मा यसबारे स्पष्ट व्यवस्था भएको भन्दै यो नियमन गर्ने वा कसरी सञ्चालन गर्ने भन्ने विषय प्रदेश मातहतको भएको बताए ।
र याे पनि,, टुटल र पठाओको सेवामा फेरि प्रतिबन्ध !
गत मंगलबार नै ट्याक्सी चालकहरुले टुटल र पठाओविरुद्ध कार्यालय घेराउ गरेका थिए । तर विभागको यस्तो प्रतिक्रिया विरुद्ध ट्याक्सी चालकहरुले हारेका छन् । त्यसको २ दिनपछि विभागले बिहीबार साँझ फेरि सूचना जारी गर्दै टुटल पठाओ सेवा उच्च अदालतको आदेश र प्रदेश कानूनअनुसार जनाइएको छ ।
४८ घण्टाअघि ‘अवैध’ भन्दै रोक्न भनिएएको सेवालाई नै विभागले ४० घण्टापछि सांकेतिक रुपमा ‘वैधानिक’ भइसकेको भन्दै ट्याक्सी व्यवसायीको माग अनुरुप रोक्न नसक्ने प्रष्ट्याएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार