कोराेनाले नेपालको अर्थतन्त्रमा असर, विशेष कार्यक्रम ल्याउन माग
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शनिबार २:५४:४६
३० फागुन काठमाडौं । अर्थ क्षेत्रका विज्ञले कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा असर परेको भन्दै सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष प्याकेजको घोषणा गर्नुपर्ने माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा शुक्रबार आयोजित साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले कोरोना भाइरसका कारण विश्वव्यापीरुपमा पर्यटन व्यवसायमा सबैभन्दा ठूलो असर परेको र विदेशी विनिमय पनि घटेको बताए ।
अर्थविद् राजदूत प्राडा विश्वम्भर प्याकुरेलले विश्वभरि कोरोनाको प्रभाव देखिएकाले यसबाट नेपाललाई पनि असर परिहेको बताउँदै पूर्वतयारीका लागि सरकारसँग आग्रह गरे। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा चन्द्रमणि अधिकारीले कोरोनाका कारण विश्व अर्थतन्त्रमा कति नोक्सानी हुन्छ भन्नेबारे पनि पछिल्लो समय टीकाटिप्पणी हुन थालेको बताए ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कोरोना एकबाट अर्कोमा सर्ने भएकाले यसको लक्षण देखिनेबित्तिकै उपचारका लागि स्वयम् व्यक्तिले सचेतना अपनाउनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार