आठ महिनामा चार सय फर्म कारवाहीमा, एक करोड १६ लाख राजश्व सङ्कलन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शनिबार ३:२१:४
![](https://nepalbahas.prixacdn.net/media/albums/barije-bibag_VED62j8CmT.jpg)
३० फागुन काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चार सय चारवटा फर्मलाई कारवाही गरेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार कारवाहीमा परेका फर्मबाट रु एक करोड १६ लाख ७२ हजार राजश्व सङ्कलन भएको छ ।
उनका अनुसार काठमाडाैं उपत्यका र उपत्यकाबाहिर बजार अनुगमनका क्रममा विभिन्न फर्म तथा उद्योगलाई कारवाही गरी जरिवाना तिराइएको हो । विभागले चालु आर्थिक वर्षको साउनदेखि फागुनको १६ गतेसम्म काठमाडौंसहित विभिन्न जिल्लाका एक हजार दुई सय ३३ फर्म तथा उद्योगमा अनुगमन गरेको जनाएको छ ।
विभागको तथ्याङ्कअनुसार बजार अनुगमनका क्रममा १४४ फर्मलाई स्पष्टीकरण, ५४१ फर्मलाई निर्देशन, २१ फर्मको नमूना परीक्षणका लागि लिइएको र ४८ फर्मको कारोवार रोक्का गरिएको छ । त्यस्तै अनुगमका क्रममा भेटिएका एक करोड ५३ लाख ७८ हजार बराबरका गुणस्तरहीन, म्याद समाप्त भएका वस्तु नष्ट गरिएको उनले बताए । उनका अनुसार चालु आवमा एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य थियो तर हामीले लक्ष्य पूरा गरी थप एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य लिइएको छ ।
त्यस्तै विभागमा गरिमा जातको नक्कली धानको बीउका बारेमा उजुरी परेपछि विभागले विभिन्न १७ फर्मलाई कारवाही गरेको छ । किसानको उजुरीपछि गठित टोलीले स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गरी बीउ आयातकर्तालाई रु तीन लाख र अन्य बिक्रेतालाई रु दुई लाखको दरले जरिवाना तोकेको थियो । कारवाहीमा परेका १७ फर्ममध्ये लमही नगरपालिका–३ दाङको सनराइज एग्रिकल्चर रिसर्च प्रालिलाई रु तीन लाख र अन्य १५ फर्मलाई रु दुई लाख र एक फर्मलाई रु २० हजार जरिवाना गर्दा रु ३१ लाख २० हजार राजश्व सङ्कलन भएको जनाएको छ ।
विश्व उपभोक्ता दिवस मनाइने
‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता’ भन्ने मूल नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मनाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आयोजनामा आगामी चैत २ गते उक्त कार्यक्रम आयोजना हुने विभागले जनाएको छ ।
विभागका महानिर्देशक सुवेदीका अनुसार औपचारिक कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो । “दिवसजस्तो कार्यक्रमपछि सार्न नमिल्ने हुँदा सचेतनामूलक कार्यक्रम गरी मनाउने तयारी गरिएको हो”, उनले भने, “पछिल्लो समय कोरोना भाइरसका कारण सामान्य कार्यक्रम गरी मनाउने निर्णय गरिएको हो ।” उनका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहका साथै जिल्ला प्रशासन कार्यालय र विभाग मातहतका पाँचवटै कार्यालयको संयुक्तरुपमा कार्यक्रम आयोजना गरिनेछ ।
विभागले दिवसका अवसरमा कर्मचारी, उपभोक्ताकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा आम उपभोक्ताको सहभागीमा सचेतनामूलक कार्यक्रम गरी मनाउने जनाएको छ । त्यस्तै उद्योगमन्त्रीले उपभोक्ता अधिकार सद्भावनादूत नियुक्त गर्नेसमेत महानिर्देशक सुवेदीले जानकारी दिए ।
पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले ठूला समारोह र भीडभाडमा नजान आग्रह गरेसँगै विभागले परिसरमै दिवस मनाउने तयारी गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार
जलविद्युत आयोजनाको बाँध निर्माणस्थल
असार ३, २०८१ सोमबार