भारतमा कोरोनाका कारण थप एक जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार १४:२३:२४
१ चैत, काठमाडौं । भारतमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी दिल्लीमा एक ६८ वर्षीया महिलाको मृत्यु भएको समाचार संस्था पिटिआइले जनाएको छ ।
दिल्ली सरकार र स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार मृतक महिलामा कोरोना भाइरसको संक्रमण थियो । दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले महिलामा कोरोना भाइरसका साथसाथै अरु केही स्वास्थ्य समस्याका कारण मृत्यु भएको पुष्टि गरे ।
केन्द्र सरकारद्वारा जारी एक वक्तव्यमा भनिएको छ कि कोरोना भाइरसका कारण ६८ वर्षकी ती महिलामा पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्शन जस्ता स्वास्थ्य समस्या थिए । सरकारले भनेको छ कि ती महिलाका छोरा ५ फरवरीदेखि २२ फरवरीसम्म विदेशमा थिए र २३ फरवरीमा उनी स्विट्जरल्याण्ड र इटाली हुँदै भारत फर्केका थिए ।
छोरा भारत फर्केका दिन ती महिला स्वस्थ थिइन् तर एक दिनपछि उनमा ज्वरो र खोकीको लक्षण देखियो । उनलाई मार्च ७ मा दिल्लीको राम मनोहर लोहिया अस्पतालमा भर्ना गरियो । मार्च ८ मा परीक्षणका लागि मृतक महिलाको पनि नमूना संकलन गरियो र उनको परीक्षणमा कोरोना पुष्टि भयो ।
दिल्ली सरकार र स्वास्थ्य मंत्रालयका अनुसार महिलाको सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षणको काम भइरहेको छ र केही दिनका लागि उनीहरुलाई अरु मानिसहरुको सम्पर्कमा रहन दिइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार