बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु, चार घाइते
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार २०:२:२३
१ चैत, कैलाली । कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकापसमा ठोक्किँदा गोदावरी नगरपालिका–६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित मालिकाटोल जाने बाटो नजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ४५२८ नंको बस र विपरीत दिशाबाट गइरहेको से१ह २११४ नंको अटो एकापसमा आज ठोक्किँदा गम्भीर घाइते भएका कोलीका उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुख र छातीमा चोट लगेर गम्भीर घाइते भएका कोलीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा अटोचालक मानबहादुर विक, अटोमा सवार सोही ठाउँकी ५० वर्षीया नखरी कोली, २५ वर्षीय अर्जुन कोली र २५ वर्षकै दुर्गा कोली घाइते भएका छन् । चालक डडेल्धुरा परशुराम नगरपालिका–६ का २४ वर्षीय दीपक भट्टराईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनाराको २० मिटर मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार