सञ्चालन हुँदै खोटाङमा फेमिली केयर अस्पताल
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार २२:३३:२५
१ चैत, खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किराँतचोकमा स्थापना गरिएको फेमिली केयर अस्पताल आगामी वैशाखबाट सञ्चालनमा आउने भएको छ ।
काठमाडौँस्थित धुम्रबाराहीमा सञ्चालन हुँदै आएको अस्पताल खोटाङको दिक्तेल बजारमा स्थानान्तरण गरिएको हो । पचास श्ययाको क्षमता रहने गरी स्थापना गर्न लागिएको अस्पतालमा आगामी वैशाख दोस्रो साताबाट पहिलो चरणअन्तर्गत १५ श्ययामा सञ्चालन गर्ने तयारी गरिएको सञ्चालक समितिका अध्यक्ष डा कृष्णकुमार राई ‘केके’ले बताएका छन् ।
“अस्पताल सञ्चालनका लागि भवन र आवश्यक उपकरण जडान गरिसकिएको छ”, उनले भने, “वैशाख दोस्रो साताबाट विशेषज्ञ चिकित्सकसहितको टोली ल्याएर सेवा शुरु गरिनेछ ।” स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर सञ्चालन गर्न लागिएको अस्पतालमा आकस्मिक सेवा, हाडजोर्नी, दाँत, प्रसूति, बालरोग, जनरल सेवालगायत सबै किसिमको उपचार हुने जनाइएको छ । अस्पतालका लागि स्थानीय चन्द्रबहादुर केसी र उहाँकी श्रीमती सीता केसीले दुई रोपनी नौ आना तथा मगनबहादुर कार्कीले पाँच आना जग्गा निःशुल्क उपलब्ध गराएको छ । अधिकांश रोगको सोही अस्पतालमा र गम्भीर किसिमका बिरामीलाई काठमाडौँमा सञ्चालित अस्पतालसँगको सहकार्यमा उपचार गर्ने गरी खोटाङमा फेमिली केयर अस्पताल स्थापना गरिएको सञ्चालक समितिका अध्यक्ष डा केकेले बताए ।
“हामीले सरकारी अस्पतालसँग प्रतिस्पर्धा गर्न फेमिली केयर अस्पताल खोलेका होइनौँ”, उनले भने, “जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्ने छौँ ।” आगामी दिनमा मेडिकल तथा नर्सिङ कलेजसमेत सञ्चालन गर्ने लक्ष्यका साथ स्थापना गरिएको फेमिली केयर अस्पतालका लागि अहिले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको सञ्चालक समितिले जनाएको छ ।
मेडिकल कलेज सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा ५० रोपनी जग्गा व्यवस्थापन गरिएको सञ्चालक समितिका सदस्य जेबी राईले बताएका छन् । काठमाडौँमा कार्यरत चिकित्सक तथा खोटाङ जिल्लावासीको शेयर लगानीमा स्थापना गरिएको अस्पतालमा हालसम्म रु पाँच करोडभन्दा बढी लगानी भइसकेको अस्पतालले जनाएको छ ।
खोटाङमा स्थानीयवासी मकरध्वज राईको अध्यक्षतामा गठन गरिएको सञ्चालक समितिले भौतिक निर्माण, जग्गा व्यवस्थापन तथा शेयर सङ्कलनको काम गरिरहेको छ । जटिल किसिमका बिरामीको समेत जिल्लामै उपचार गर्ने गरी स्थापना गरिएको फेमिली केयर अस्पताल सञ्चालनमा आउने भएपछि जिल्लावासी हर्षित बनेका छन् । जिल्लावासीको आफ्नै शेयर लगानीमा शल्यक्रियासहितको उपचार हुने गरी स्थापना गरिएको सो अस्पताल सञ्चालनमा आउने भएपछि हर्षित भएका हुन् ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा अहिले १५ श्ययाको एउटा सरकारी तथा दुई सामुदायिक अस्पताल सञ्चालनमा छ । जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालमा उपयुक्त भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा दक्ष जनशक्ति नहुँदा अधिकांश जटिल किसिमका बिरामीलाई बाहिरी जिल्ला सिफारिश गर्नुपर्ने बाध्यता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार