नेकपाले सुरु गर्यो पार्टी एकता सुदृढीकरण अभियान
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार २३:२९:८
१ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ जिल्ला कमिटीले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको आज शुभारम्भ गरेको छ ।
शुभारम्भको अवसरमा विश्वमा महामारीका रूपमा फैलिरहको कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका आज बागलुङ बजारमा सचेतनात्मक अभियान सञ्चालन गरेको थियो ।
अभियानअन्तर्गत विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्ने उपाय तथा लक्षणको विषयमा नेकपा बागलुङले पर्चा छपाएर आम सर्वसाधरणका लागि सचेतना फैलाउँदै हिँड्ने नेकपा जिल्ला कमिटीका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिएका छन् ।
“ पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानका क्रममा कोरोना भाइरससम्बन्धी सचेतनासमेत प्रदान गर्नेछौँ”, सापकोटाले भने “शुभारम्भका अवसरमा बागलुङ बजारमा कोरोना भाइरसबाट बच्ने उपाय तथा लक्षणका बारेमा जनचेतना प्रदान ग¥यौ ।”
अभियानअन्तर्गत वडा तहसम्मका कार्यक्रम, भेटघाट तथा सदस्यता शुद्धीकरणलगायतका कार्य गरिने छ । कोरोना भाइरसको प्रकोपका कारण ठूला सभा तथा कार्यक्रम नगर्ने पार्टीको केन्द्रीय निर्णयानुसार भेटघाट तथा सङ्गठन सुदृढीकरणमा विशेष जोड दिने नेकपा जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार