केन्द्रीय कारागारमा ६ वटा नयाँ भवन निर्माण हुँदै
नेपालबहस संवाददाता
चैत १, २०७६ आइतबार ०:४:४७
१ चैत, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार हाताभित्र छ वटा नयाँ भवन बन्ने भएको छ । विसं १९७१मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलका पुराना भवनमा कैदीबन्दी राख्दा समस्या उत्पन्न हुँदै गएपछि छ वटा नयाँ निर्माण गर्न लागिएको हो ।
केन्द्रीय कारागार कार्यालयका प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले सरकारले छ वटा भवन निर्माण गर्ने लक्ष्य राखेपनि तीनवटा भवन निर्माणकार्य भइरहेको बताएका छन् । “दुई वर्षमा छ वटै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार तीनवटा भवन निर्माणकार्य भइरहेको छ, बाँकी तीनवटा भवनपनि चाँडो निर्माण गर्ने तयारीमा छौँ”, उनले भने ।
भ्याटबाहेक रु ३८ करोड लागतमा निर्माण गर्ने लक्ष्य राखिएको उक्त कारागारका प्रत्येक भवन चारतल्ले हुनेछन् । यस्तै, तीन हजार कैदीबन्दी सजिलैसँग अट्नेगरी भवन निर्माण गर्न लागिएको छ । उक्त भवन निर्माणको जिम्मा विकोई किराँतेश्वर जेभीले लिएको छ ।
केन्द्रीय कारागार कार्यालय भवन १९५० को दशकमा निर्माण भएको थियो । विस २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले केन्द्रीय कारागार भवनमा क्षति पुगेको थियो । बयालिस रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन् । कारागारमा हाल तीन हजार ३०८ कैदीबन्दी छन् । जसमध्ये, केन्द्रीय जेलमा एक हजार ९७२, भद्र जेलमा ९२३ र महिला जेलमा ४०२ कैदीबन्दी छन् । यस्तै कारागारभित्र ११ जना नावालकसमेत रहेको प्रमुख बास्कोटाले बताएका छन् ।
कारागार व्यवस्थापन विभागले गरेको सर्वेक्षणअुनसार केन्द्रीय कारागारको क्षमता एक हजार ४५० भएपनि हाल दोब्बरभन्दा धेरै कैदीबन्दी बस्दै आएका छन् । धेरै कैदीबन्दीलाई एकैठाउँमा राख्दा अधिकांश कैदीबन्दी बिरामीसमेत हुने गरेका छन् ।
काठमाडौँको डिल्लीबजारसमेतमा अर्को जेल रहेको कारण महिला कैदीबन्दी भने केन्द्रीय कारागारमा मात्र राखिँदै आएको छ । केन्द्रीय कारागार परिसरभित्र कैदीबन्दीको उपचारका लागि अस्पतालसमेत सञ्चालनमा आएको छ । कूल ३० श्यया क्षमता रहेको उक्त अस्पतालमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुनिनेलगायतका रोगको उपचार हुँदै आएको छ ।
यस्तै, कैदीबन्दीको अध्ययनका लागि तीनवटा विद्यालय पनि कारागारभित्र सञ्चालित छन् । कक्षा एकदेखि आठसम्म पढाई हुने बन्दी आधारभूत विद्यालय, कक्षा एकदेखि पाँचसम्म पढाई हुने महिला बन्दी विकास आधारभूत विद्यालय र कक्षा एकदेखि १२सम्म पढाई हुने जगन्नाथ माध्यामिक विद्यालय रहेका छन् ।
उक्त विद्यालयमध्ये बन्दी आधारभूत विद्यालय भद्र जेल, महिला बन्दी विकास आधारभूत विद्यालय महिला जेल र जगन्नाथ मावि केन्द्रीय जेलमा सञ्चालित छन् । कैदीबन्दीको रोजगारीका लागि केन्द्रीय कारागारभित्र कारागार कारखानासमेत स्थापना गरिएको छ ।
कारागार व्यवस्था विभागका अनुसार हाल मुलुकभर ७२ जिल्लामा ७४ कारागार छन् । काठमाडौँ र दाङमा दुई÷दुई वटा कारागार छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल र डिल्लीबजार कारागार तथा दाङमा घोराही र तुल्सीपुर दुई स्थानमा कारागार रहेका छन् ।
धनुषा, बारा र भक्तपुरमा अहिलेसम्म पनि कारागार छैन । नयाँ स्थापना भएका दुई जिल्ला नवलपरासी पश्चिम र रुकुम पश्चिममा पनि कारागार छैन । विभागका अनुसार हाल देशभर २५ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार