डेरी उद्योगमा आगलागी हुँदा ७० लाख बढीको क्षति
नेपालबहस संवाददाता
चैत १, २०७६ आइतबार ०:३६:२६
१ चैत, इलाम । देउमाई नगरपालिका–४ स्थित मङ्गलबारे बजार नजिकै एक डेरी उद्योगमा आगलागी हुँदा रु ७० लाख माथिको क्षति भएको छ । मङ्गलबारे बजारको तल्लो बुधबारेमा रहेको गजुरमुखी दर्शन डेरी उद्योगमा आगलागी हुँदा सो क्षति भएको हो । आगलागीबाट दुध पेल्ने मेसिन, घ्यु, छुर्पी लगायतका सामान जलेर नष्ट हुँदा क्षति भएको वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिएका छन् । आगलागी दिउँसो ३ः०० बजेदेखि शुरु भएको थियो ।
स्थानीय अशेष बुढाथोकीले सञ्चालन गरेको सो डेरी उद्योगमा आगलागी नियन्त्रण भइसकेको छ । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताएका छन् ।
नगरपालिकामा दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको थियो । स्थानीय तहले दमकल खरिद गर्नुपर्ने स्थानीय खनालको माग छ । टाढाको दमकल लैजानुभन्दा नजिकै दमकल भई दिएको भए क्षति कम हुन सक्ने उनको भनाइ छ ।
उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । साथै प्रारम्भिक चरणको अनुमानबाट सो क्षति भएको बताइए पनि उद्योगका प्रोप्राइटर जिल्लाबाहिर रहेकाले एकीन विवरण आउन बाँकी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार