उत्कृष्ट कार्य गर्न नसकेका १७ अधिकृत र ५७ जवानको जिम्मेवारी खोसियो
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार १३:४८:८
२ चैत, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहतमा रहेका सादा पोसाकमा खटिने ७४ प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी गणमा पठाइएको छ ।
उल्लेखनीय कार्य गर्न नसकेका १७ अधिकृत र ५७ जवानसमेत ७४ अधिकृत तथा जवानलाई तोकिएको सादा पोसाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्ज पठाइएको हो ।
प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लाञ्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्य गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । आचरण व्यवहार सुधारको हिसाबले पठाइएका अधिकृत तथा जवानलाई महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा सातदिने सुधारात्मक तालीमसमेत दिइने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
यसअघि नै कार्यालयले हरेक महिना उपत्यकाका प्रहरीको आचरण, व्यवहार, कार्यशैली र सेवाका बारेमा मूल्याङ्कन गर्दै आएको छ । मूल्याङ्कनमा असफल हुने र प्रहरीको नियमभन्दा बाहिर गएर काम गर्नेलाई कारवाहीसमेत गर्न थालिएको छ ।
उनले सादा पोसाकमा कार्यरत रहेका प्रहरी अधिकृत तथा जवानलाई प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालन गरिने जानकारी दिए । यसरी मूल्याङ्कनका लागि कार्यालयले प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा समूह नै गठन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार