स्याङ्जामा नेकपाको जनसम्बन्ध विस्तार अभियान शुरु
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार १७:३:५५
२ चैत, स्याङ्जा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लाका ११ वटै स्थानीय तहमा तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारबाट शुरु गरेको छ ।
जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरेले अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, एकताका बाँकी कामलाई पूर्णता दिनुका साथै जनवर्गीय सङ्गठनको एकीकरण, जनप्रतिनिधिसँग अन्तक्र्रिया गरिने जानकारी दिए । उनले सरकारले गरेका कामको प्रचारप्रसार , भेला ,कार्यकर्तासँग भेटघाट गरेर पार्टीका धारणा र विचारलाई जनतामाझ लैजाने बताए ।
यसैबीच कालीगण्डकी गाउँपालिका–५ बाँसटारीका आगलागीपीडितलाईराहत वितरण गरिएको छ । कालीगण्डकी गाउँपालिकाले प्रतिघर रु १५ हजार र प्रतिगोठको रु १० हजारका साथै घर निर्माणका लागि आवश्यक जस्तापाता, त्रिपाल र ब्ल्याङ्केट वितरण गरिएको जनाएको छ ।
आगलागीबाट घर–गोठ जल्नुका साथै अन्य सामग्रीसमेत क्षति पुगेकाले तत्कालका लागि गाउँपालिकाको तर्फबाट सहयोग गरेको र थप सहयोगका लागि गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको गाउँपालिका अध्यक्ष खिम थापाले जानकारी दिए । बिहीबार दिउँसो एक्कासी आगलागी हुँदा दुई घर र चार गोठ जलेर नष्ठ हुनुका साथै दुई भैँसीसमेत मरेका थिए ।
दिउँसो नेत्रप्रसाद न्यौपानेको घरमा कुडो पकाउने क्रममा आगो गोठमा सल्किन पुगी गोठ जलेपछि सोही आगो अन्य घर र गोठमा पनि सल्किन पुग्दा क्षति भएको थियो । आगलागी हुँदा अन्दाजी रु २३ लाख १३ हजार बराबरको क्षति भएको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार