शुभाघाट खानेपानी आयोजनाको २० प्रतिशत काम सम्पन्न
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार १९:३५:३०
२ चैत, वीरेन्द्रनगर । गुर्भाकोटवासीलाई खानेपानीको सुविधा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको शुभाघाट खानेपानी तथा सरसफाइ आयोजनाको २० प्रतिशत काम सकिएको छ । दुई वर्षमा नगरवासीलाई खानेपानी सुविधा पु¥याउने उद्देश्यले गत असारदेखि आयोजनाको काम शुरु भएको हो।
आयोजनाको जिम्मा पाएको आशिष सिएवी पेराजेवीले गत असारदेखि कामको शुरुआत गरेको आयोजनाका प्रोजेक्ट म्यानेजर वसन्त रायमाझीले जानकारी दिएकान छन् । रायमाझीका अनुसार अहिलेसम्म ३० किलोमिटरसम्म पाइप बिच्छ्याउने काम भएको छ । त्यसैगरी तीन लाख मिटर क्षमताका चार वटा ट्याङ्की निर्माण भइरहेका छन् ।
रु ७१ करोड १३ लाख १८ हजार ६०० लागतमा निर्माण गर्ने गरी उक्त आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल सरकारको अनुदानबाट ४९ करोड सात लाख ९२ हजार, नगर विकास कोषबाट १७ करोड ७८ लाख २९ हजार रुपैयाँ आयोजनामा रहेको छ । आयोजना क्षेत्रबाट लाभान्वित हुने उपभोक्ताबाट तीन करोड ५५ लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको छ ।
शुभाघाट खानेपानी उपभोक्ता समितिकोतर्फबाट मैना विक, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, खानेपानी तथा ढल निकास विभागका उपनिर्देशक नारायणप्रसाद आचार्य र नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्तले वित्तीय सम्झौतामा हस्ताक्षर गरेको छ ।
आयोजनाअन्तर्गत शुरुआतमा तीन हजार २५१ निजी धारा जडान गरिनेछ । आयोजनाका लागि एक हजार ९० घनमिटर क्षमताका सात पानी पोखरी निर्माण गरिने छ । दुई वटा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिनेछ । गुर्भाकोटवासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्न आयोजना सञ्चालन गरिएको नगरप्रमुख हस्त पुनले बताए ।
यसले गर्दा नगरमा समृद्धि हुने उपप्रमुख मैना विकले बताएका छन् । खानेपानी आयोजनाबाट नगरक्षेत्रका तीन हजार घरधुरीका स्थानीय बासिन्दा लाभान्वित हुने नगरउपप्रमुख विकले जानकारी दिएका छन् । भेरी नदीको सतहबाट साढे छ मिटर सतहमा पानी जम्मा गरी खानीडाँडामा पु¥याउने र त्यहाँबाट पानी वितरण गर्ने गरी काम अघि बढेको छ । भेरीको पानीलाई प्रशोधन गरेर गुणस्तरयुक्त पानी वितरण गरिने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार