एसईई परीक्षार्थीहरुलाई मास्क, सेनिटरी प्याड र कलमको व्यवस्था
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार १९:४६:१३
मिना कंडेल
२ चैत, नवलपुर । चैत ६ गतेबाट शुरु हुने प्रवेशिका परीक्षा एसईई परीक्षामा सहभागी हुने पूर्वी नवलपरासीका परीक्षार्थीहरुलाई मास्क ,सेनिटरी प्याड र कलम प्रदान गरिने भएको छ । परीक्षामा सहभागी परीक्षार्थीहरुलाई परीक्षाका बेला कुनै समस्या नहोस भनेर मास्क, प्याड र कलम को ब्यवस्था गर्न लागिएको शिक्षा तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताए ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बाट बच्नका लागि रुघाखोकी लागेका विद्यार्थीलाई मास्क प्रदान गरिने , महिनावारी भएका छात्रालाई निःशुल्क प्याड र लेख्दालेख्दै कलमको मसी सकिएमा वा बिग्रिएमा कलम उपलब्ध गराउने व्यवस्था गरिँदैछ ।
रोटरी क्लब कावासोतीले २० हजार रुपियाँ बराबरको मास्क , जागृति बाल तथा युवा सरोकार नेपालले ४० हजार रुपियाँ बराबरको महिनावारी प्याड त्यस्तै पुस्तक तथा स्टेसनरी महासंघ नवलपुरले १५ हजार रुपियाँ बराबरको कलम र रोटरी क्लब कावासोतीले २० हजार रुपियाँ बराबरको मास्क उपलब्ध गराएको छ। कुल परीक्षार्थीको ३८ प्रतिशतलाई पुग्ने गरी कलम र आठ प्रतिशतलाई पुग्ने गरी मास्कको व्यवस्था गरिएको एकाइ प्रमुख पोखरेलले जानकारी दिए ।
चैत ६ गतेबाट सञ्चालन हुने यस वर्षको एसईई परीक्षामा नवलपुर केन्द्रमा २५ परीक्षा केन्द्र कायम गरिएको छ । उत्तिनै संख्यामा केन्द्राध्यक्ष, ४४ जना सहायक केन्द्राध्यक्ष, ३३० जना परीक्षा सहायक, ६६ जना कार्यालय सहयोगी १३३ र सुरक्षाकर्मी २५० जना परिचालित गरिने भएको छ । नियमिततर्फका छ हजार ४६५ र एक्जाम्टेडतर्फका ११० गरी कुल छ हजार ५७५ जना परीक्षार्थी रहनेछन् । तीमध्ये छात्रा तीन हजार ३३६ रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार