जनप्रतिनिधिबाट आरन संरक्षणमा जोड : खुसी हुदै व्यवसायी
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार १९:५३:११
२ चैत, पाल्पा । विश्वकर्मा समुदायको पुर्खौली पेशा आरन लोप हुन नदिन संरक्षण गर्न थालिएको छ । यसको संरक्षणमा रामपुर नगरपालिका वडा नं ४ ले विश्वकर्मा समुदायको चिनारीको व्यवसाय समुदायबाटै लोप हुन थालेपछि संरक्षण गर्न सहयोग गर्न थालेको छ ।
वडा कार्यालयले आरन व्यवसायलाई प्रवद्र्धन र संरक्षण गर्दै जस्तापाता, पङ्खा जस्ता विभिन्न सहयोग गत वर्षदेखिनै गरेको वडा सदस्य पार्वती परियारले बताएका छन् । वडामा करिब आधा दर्जन आरन व्यवसायी छन् । आरन व्यवसायलाई जोगाउन जस्तापाता र पङ्खा पाएपछि काममा हौसला बढेको सिन्दुरटार बस्ने ६४ वर्षीय मनबहादुर विकले बताएका छन् ।
“आर्थिक अभावमा आरनको छानो छाउन सकिएको थिएन, वडाले छानो छाउन जस्तापाता र पङ्खा उपलब्ध गराएपछि काम गर्न सहज भएको छ”, विकले भने । उनले जीवनको ५७ वर्षको समय आरन व्यवसायमा बिताएका छन् ।
अहिलेसम्म व्यवसायका लागि कोही कसैबाट सहयोग पाएको छैन । सहयोगपछि व्यवस्थित तरिकाले व्यवसाय चलाउने उनी बताउछन् । यो कामले १५ जनाको परिवारपालनमा सहयोग पुगेको छ । मौलाथरका युवा सुरेन्द्र कामी विसं २०५४ देखि गाउँमा सबैले छाड्दै गएको आरन व्यवसाय जोगाउन दुःखसुखले चलाउँदै आएको बताउछन् । “पेशा जोगाउन जेनतेनले चलाएका थिए, जनप्रतिनिधि आएपछि पुरानो व्यवसायलाई जोगाउन सहयोग गरेका छन्, असाध्यै खुशी लागेको छ”, उनले भने । यही व्यवसायबाट सात जनाको परिवारको गुजारा चलेको उनको भनाइ छ ।
गामपोखरा बस्ने कृष्णकुमारी कामी हातले कुदेर कलात्मक रुप दिइ गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हसियालगायतका विभिन्न सामग्री बनाउने गर्छन् । यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हुँदै गएको हो । पुरानो व्यवसाय संरक्षण नहुँदा समुदायको चिनारी नै लोप हुन थालेपछि संरक्षण गर्न थालिएको वडाध्यक्ष एकबहादुर नेपाली बताउछन् ।
“युवापुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुँदा व्यवसाय हराउँदै गएकोले यसको संरक्षणमा वडा कार्यालय लागेको छ”, अध्यक्ष नेपालीले भने । दश वर्ष पहिले यस क्षेत्रमा ५० बढी आरन व्यवसाय सञ्चालनमा थिए । अहिले भने थारैले मात्र यो व्यवसाय चलाएको पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार