गुणस्तरहीन र विषादियुक्त खाद्यले हाम्रो जीवन आक्रान्त:- कांग्रेस नेता केसी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २०:८:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/arjunnarsing-11_Hz0qwecozR.jpg)
२ चैत, काठमाडौं । आज आइतबार ! विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर आज यो दिवस मनाउँदै छन् ।
विश्व उपभोक्ता अधिकार दिवस बर्सेनी मार्च १५ तारिखका दिन मनाउने गरिन्छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइने गरिएकाे छ ।
यसैबीच, नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिह केसीले विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा ट्विटमार्फत स्वतन्त्र बजारको नाममा गुणस्तरहीन तथा छाडा बजार, छनोटको असुविधा, बासी, सडेगलेको, मिसावट तथा विषादियुक्त, प्रदूषित र अस्वस्थकर खाद्य र पानीले हाम्रो जीवन आक्रान्त भईरहेको अवस्थामा यो दिवसले विशेष अर्थ राख्ने बताएका छन् । नेता केसीले उपभोक्ता सरोकारलाई समेट्दै, संविधानसहित करिब ३५ वटा कानुनहरू हाल कार्यान्वयनमा भएकाे तरपनि आपूर्ति व्यवस्थामा संविधान र कानुन मिच्दै तस्कर, भ्रष्ट, आर्थिक अपराधी, कालाबजारिया र कृत्रिम महँगी खडा गर्दै लुटतन्त्र मच्चाउने बिचौलियाको दबदबाले उद्यमी, किसान र उपभोक्ताहरूको एकैसाथ शोषण गरिरहेको परिस्थितिमा विद्यमान दण्डहिनता र अराजक गतिविधिको निर्ममताका साथ अन्त्य गर्नुको विपरित त्यस्तै तत्वहरूको साम्राज्यको सहायक बन्नमा वर्तमान दुईतिहाईको कम्युनिस्ट सरकार रमाईरहेको आराेप लगाएका छन् । यसमाथि हाल विश्वब्यापी सन्त्रास र महामारी बन्न थालेको कोरोना भाईरसको समस्याले नेपाललाई समेत आर्थिक सामाजिक संकटलाई थप अस्तब्यस्त बनाउन लागेकोले उपभोक्ताको अधिकार प्रति सतर्कताको आवश्यकता झन् बढी जरुरी भएको बताएका हुन् ।
“आजको दिनले यो चरम बेथितिमाथि कठोर नियन्त्रण र आमूल सुधारको अनिवार्यतालाई औँल्याउँछ । अव्यवस्थित बजार र आपूर्तिको अनियमित मनपरी अवस्था भएको नेपालजस्तो मुलुकमा उपभोक्ताका नैसर्गिक अधिकार सुनिश्चित गराउनुपर्ने प्रयोजनमा यस दिवसले सरकारको जिम्मेवारी र जवाफदेहितालाई जोड दिन्छ । तर विगत दुई वर्षे कम्युनिस्ट शासनले सर्वत्र जनतामा निराशा मात्र पैदा गरेको छ । सन् १९२० देखि नै उपभोक्ताका अधिकार र आवश्यकताप्रति जागरुक भएर मनाउन थालिएको र १९८३ मार्च १५ (चैत २ गते) मा राष्ट्रसंघद्वारा मान्यता प्राप्त विश्व उपभोक्ता अधिकार दिवसले बजार व्यवस्थाको महत्वपूर्ण अंग उपभोक्ता वर्गको सचेतना र जागरुकताको खोजी गर्दछ । यस दिशामा उपभोक्ताको उच्चतम हितलाई समेट्दै सरकारबाट बजारको सुधार र सुव्यवस्थापन र उपभोक्ताको हक हित र संवैधानिक अधिकार रक्षा गर्दै आजको आवश्यकता अनुसार बलियो कदमका साथ अगाडि बढोस्, यही मेरो हार्दिक शुभकामना छ ।” कांग्रेस नेता केसीले लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार