सुधारगृहले बनाएका अभियानकर्मी
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २०:२४:२०
२ चैत, दाङ । कुनै समय आफैँ लागुपदार्थ दुव्र्यसनीमा फसेकाहरुले अहिले सचेतना प्रदान गर्दै आएका छन् । दाङको लमही–५ रातोडाँडा निवासी सुरेश भुषाल पूर्वदुव्र्यसनी हुन् । उनी ६ वर्षअघि लागुऔषध दुव्र्यसनीमा फस्नुभएको थियो तर अहिले उनी आफैँ लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्ने अभियानमा सक्रिय छन् ।
पुनःस्थापना केन्द्रमा गएर उपचार गराएपछि उनी दुव्र्यसनी विरुद्ध सचेतना फैलाउने अभियानकर्मीका रूपमा क्रियाशील छन् । “हामीले लागुऔषध प्रयोग गर्दा हाम्रो स्वास्थ्य मात्रै होइन घर नै बिग्रिने रहेछ भन्ने कुरा पुनःस्थापना केन्द्रमा गएपछि थाहा पाएँ”, उनले भने, “अब यस्तो कुलतमा फसेर अरुको भविष्य पनि नबिग्रियोस् भन्ने उद्देश्यले आफैँ सचेतना प्रदान गर्नेतर्फ लागेँ ।” अहिले उनी तुलसीपुर–१९ बिजौरीमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रको कार्यकारी निर्देशक भएर काम गरेका छन् ।
त्यस्तै दाङकै यमप्रसाद खरेल पनि पूर्वदुव्र्यसनी छन् । उनी पनि तीन वर्षअघि अत्यधिक जाँडरक्सी खाने कुलतमा फसेका थिए । तर यसले आफैँ सचेतना अभियानमा छन् । त्यस्तै तुलसीपुरका ४३ वर्षीय ओमलाल जैसी फर्निचर बनाउने राम्रो मिस्त्रीका साथै कुकमा पनि दख्खल राख्छन् । उनीले कुनै समय आफूसँग भएको सीप प्रयोग गरेर मासिक रु ४० हजारसम्म कमाउथे तर जब उनी कुलतमा फसे, त्यसपछि आफूले कमाएको सबै पैसा त्यसमै खर्च हुन थाल्यो ।
दिनभर कमाउने र त्यो पैसा साँझ रक्सी खाएर फाल्ने गर्थे । उनीले विगत दुई वर्षदेखि त्यसरी नै पैसा फाल्न थालेपछि उनीको घर व्यवहारमा असहज भयो र उनलाई तुलसीपुर–१९ बिजौरी हाडिमेको नयाँ पाइला पुनःस्थापना केन्द्रमा राखियो ।
अहिले दाङ बिजौरीमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रमा बसेकाहरुले पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताएका छन् । “पहिले दुव्र्यसनीमा फसेका अहिले आफैँ लागुऔषधका बारेमा चेतना फैलाउँदै आएको छ”, उनले भने, “दाङमा अहिले जति पनि पुनःस्थापना केन्द्र सञ्चालनमा छन्, त्यसका प्रमुख सबै पहिले दुव्यर्सनीमा फसेका व्यक्तिहरु छन् ।” आफू पनि पाँच वर्षअघि दुव्र्यसनीमा फसेको र सोही केन्द्रमै गएका कारण आफूले अहिले अरुलाई सचेतना प्रदान गरिरहेको उनले बताएका छन् ।
छ महिनासम्म सुधारगृहमा बसेपछि उनको जीवन पुनःपरिवर्तन भएको छ । उनी पहिले जस्तै बिजौरीको एक फर्निचरमा काम गर्दै आएको छ । अहिले उनले मासिक रु १५ हजार कमाउँदै आएको समेत बताएका छन् । “मलाई चौबिसै घण्टा रक्सी पिउने बानी बसेको थियो” उनले भने, “म नशा छोड्नसक्ने अवस्थामा थिइन, जब म छ महिना सुधारगृहमा बसेँ त्यसपछि नशाको नाम पनि लिन चहान्न ।” पुनःस्थापना केन्द्रले आफूलाई पुनर्जीवन दिएको उनको भनाइ छ ।
नियमित १३ वर्षको उमेरदेखि रक्सी खाँदै आएका जैसीमा सुधारकेन्द्रमा गएपछि छ महिनामै परिवर्तन आयो । “तेह्र वर्षदेखि नियमित रक्सी पिउने गरेको भए पनि एक वर्ष अघिदेखि मैले चौबिसै घण्टा रक्सी खाने गरेको थिएँ” उनले भने, “तर छ महिना सुधार केन्द्रमा बसेपछि मेरो चेतनामा परिवर्तन भयो ।”
उनीमात्रै नभई सुधार केन्द्रबाट केही प्रतिष्ठित व्यक्तिको कुलत पनि छुटेको छ । जिल्लाका केही सरकारी कार्यालयमा काम गर्ने कर्मचारीदेखि शिक्षकसम्मको जीवनमा परिवर्तन ल्याएको छ, सुधार केन्द्रले । एक बिजौरीको उक्त सुधार केन्द्रमा गएर जीवन बदलेकाहरुले अहिले अरुको जीवन सुधार गरिरहेका छन् । अहिले दाङ बिजौरीमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रमा बसेकाहरुले पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको केन्द्रका कार्यकारी निर्देशक भुषालको भनाइ छ ।
अहिलेसम्म उक्त पुनःस्थापना केन्द्रबाट एकहजारभन्दा बढीलाई उपचार गरिएको र दुई हजारभन्दा बढी परिवारलाई परामर्शा दिइएको उनले बताएका छन् । पछिल्लो समय लागुऔषध प्रयोगकर्ता बढिरहेको भन्दै वार्षिक डेढसय भन्दा बढीलाई उपचार गर्ने गरेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय ट्याब्लेट्स्, गाँजा, रक्सी, ब्राउनसुगर प्रयोग गर्ने धेरै छन् । महिनामा त्यस्ता १०/२ जना आउने गरेका छन् ।
प्रायः १३ देखि २४ वर्ष उमेर समूहकाले गाँजा, ट्याब्लेटस्, ब्राउनसुगरमा फस्ने गरेको तथा २४ देखि माथिको उमेर समूह रक्सीमा फस्ने गरेको उनको भनाइ छ । उनका अनुसार आफूहरुले अहिले ‘मल्टिड्रग्स टेस्ट’बाट परीक्षण गरी उनीहरुको शारीरिक अवस्थाअनुसार उपचार गर्ने गरेको बताए ।
अहिले मनोरञ्जन, आध्यात्मिक, परामर्श, विभिन्न व्यवसायलगायत चेतनामूलक सन्देश प्रदान गर्ने गरेको बताएका छन् । “शुरुको एक महिना शारीरिक, अर्को दुई र तीन महिनामा चेतनामूलक कक्षा र जाँच तथा तीन महिनापछि परामर्श हुन्छ”, उनले भने, “अहिले केन्द्रमा ३८ जना रहेको र २०७१ सालदेखि अहिलेसम्म २५० जनालाई निःशुल्क सेवा प्रदान गर्ने गरिएको छ ।” केन्द्रले आर्थिक अवस्था कमजोर भएका तथा सहाराविहीनहरुलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।
अभिभावक सचेत हुनुपर्छ
कार्यकारी निर्देशक भुषालले आफ्नो सन्तान दुव्र्यसनीमा फस्ने विषयमा अभिभावकहरू सचेत हुनुपर्ने बताएका छन् । साथीहरुको लहैलहैमा लागेर फसिरहेको अवस्थामा पनि अभिभावकले कुनै चासो नदिँदा त्यसले ठूलो रूप लिने गरेको उनको भनाइ छ । अभिभावकले लागुपदार्थ दुव्र्यसनीमा फसेकाको लक्षण के हुन्छ भनेर जान्न जरुरी रहेको उनले बताएका छन् । अर्कोतर्फ आमाबुबाले लागुपदार्थ खाएको देखेमा पनि बच्चाहरू त्यसप्रति आकर्षित हुने भन्दै यस विषयमा पनि ध्यान दिनुपर्ने उनले बताएका छन् ।
अहिले दाङमा यसरी लागुपदार्थ अवैधरूपमा बेचबिखन गर्नेहरुले सञ्जाल चलाएकाले उक्त सञ्जालमा फस्ने गरेको बताएका छन् । दुव्र्यसनी समाजका लागि ठूलो रोग भएकोसमेत उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार