बेपत्ता आयोगको टोली रोल्पामा
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २१:०:४२
२ चैत, रोल्पा । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले रोल्पाबाट छानविन प्रक्रिया अघि बढाएको छ । सशस्त्र द्वन्द्वमा बेपत्ता व्यक्तिको स्थलगत छानविन गर्न आयोग रोल्पा आएको हो ।
आयोगलाई प्राप्त उजुरीका आधारमा बेपत्ताको सत्यतथ्य अनुसन्धान गरी सिफारिस गर्न आफू स्थलगत अध्ययनमा आएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले जानकारी दिए । “आयोगले पाएको समयावधिमै तोकिएका काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको छ”, अध्यक्ष सुवेदीले भने ।
“अनुसन्धानपछिका प्रक्रियाका लागि कानूनको अभाव रहे पनि अनुसन्धानका लागि विद्यमान कानूनले अवरोध नगर्ने भएकाले उपलब्ध कानूनी अवस्थालाई अधिकतम उपयोग गर्छौं”, अध्यक्ष सुवेदीले भने । द्वन्द्वपीडितमैत्री कानून नभएको आफूले सुनेको बताउँदै त्यसका लागि सुझाव दिएको सुवेदीले भने ।
सशस्त्र द्वन्द्वको उद्गम थलो मानिने रोल्पामा विभिन्न माध्यमबाट कूल उजुरी १३२ परेका छन् । तीमध्ये ३२ वटा उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पठाइएको छ । यसैगरी उजुरीकर्ताको अनुरोधमा तीन उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट फिर्ता पठाइएको छ । तामेलीमा पाँच उजुरी छन् । विस्तृत छानविन गर्ने भनी आयोगबाट ९८ उजुरीको निर्णय भइसकेको आयोगले जानकारी दिएको छ । आयोगले ९८ उजुरीलाई कारवाहीयुक्त उजुरीका रुपमा राखेको छ । उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या ९९ छन् ।
आयोगका सदस्य विश्वप्रकाश भण्डारी, डा गङ्गाधर अधिकारी, सुनिल रञ्जनसिंह र सरिता थापासँगै आयोगका कर्मचारी संलग्न छन् । सदरमुकामको जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा चार वटा कार्यटोली बनाएर अनुसन्धानको काम गरिरहेको आयोगका सचिव कृष्णजीवी घिमिरले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार