एउटै गाउँपालिकामा १३ आयोजना : काम भने सुस्त
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २१:१८:२१
२ चैत, सिन्धुपाल्चोक । जुगल गाउँपालिकामा साना ठूला गरी १३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् तर ती आयोजनाको काम भने सुस्तगतिमा रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन रहेकोे जुगल गाउँपालिकामा केही अवाञ्छित गतिविधिमा संलग्न तत्वको अमूर्त मागका कारण विद्युत्का लगानीकर्ता हच्किएको व्यवसायी रेशम स्याङ्बोले बताएका छन् ।
“लगानीकर्ताको मनोबल बढाउन सरकारले सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने खाँचो छ,” उनले भने, “स्थानीयवासीको अवरोध र राजनीतिक खिचातानीले विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेका ती जलविद्युत् आयोजनाको काममा प्रगति हुन नसकेको हो । गाउँपालिकाभित्र अपर ब्रह्मायणी १५ मेगावाट, इन्टिग्रेटेड हाइड्रो ३५ मेगावाट, अपर बलेफी हाइड्रोपावर लिमिटेड ४६ मेगावाट, विजी हाइड्रोपावर प्रालि ३५ मेगावाट, अपर बलेफी हाइड्रोपावर लिमिटेड ३६ मेगावाट पिपिए भएर निर्माणको क्रममा छन् । यी आयोजनामध्ये सबैभन्दा बढी काम गरेको अपर बलेफीले ७० प्रतिशत काम सम्पन्न भएको छ ।
त्यसैगरी ग्रीनभेन्चर पावर लिमिटेड २३ दशमलव पाँच मेगावाट, मुनलाइट हाइड्रो २२ मेगावाट, याम्बालिङ हाइड्रो सात दशमलव आठ मेगावाट, घट्टेखोला साना जलविद्युत् आयोजना ९७० किलोवाट, राइजिङ हाइड्रो ९९० किलोवाट, सेवा हाइड्रो प्रालि एक दशमलव पाँच मेगावाट, सिन्धुज्वाला हाइड्रोपावर लिमिटेड ६५ मेगावाट र ४३ मेगावाट क्षमताको लोअर नेसम हाइड्रोपावर लिमिटेडले निर्माणको कामलाई सशक्तरूपमा अगाडि बढाउन सकेका छैनन् ।
जुगलकै वडा नं ५ मा युनिक हाइडेल चार दशमलव तीन र तीन दशमलव दुई मेगावाट क्षमताका गेलुङखोला हाइड्रोपावर प्रालिले उत्पादन शुरू गरेका छन् । ट्रान्समिसन लाइनमा स्थानीयवासीको विरोधले गेलुङखोला हाइड्रोपावरबाट उत्पादित विद्युत् केन्द्रिय प्रसारणमा जोड्न समस्या परेको छ । आयोजनालाई नै प्रभावित पार्ने गरी केही स्थानीयवासीले राजनीतिक पूर्वाग्रहमा विभिन्न माग राख्दै अवरोध गरिरहेको आयोजनाका अध्यक्ष चुर्णप्रसाद श्रेष्ठले बताएका छन् ।
“अवरोधका कारण प्रसारण लाइनमा विद्युत् जोड्ने कार्य रोकिएको छ”, उनले भने, “अवरोध हटाउन स्थानीय सरकारले चासो नदिएका कारण आयोजनाको काम नियमित सञ्चालन हुन नसकेको हो ।” आयोजना सुस्त हुनुमा स्थानीयवासी र आयोजनाबीच समन्वयको कमी देखिएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ बताउछन् ।
“आयोजनालाई निर्वाध सञ्चालन गर्न दिनु स्थानीयवासीको कर्तव्य हो”, उनले भने, “आयोजनाले पनि स्थानीयवासीको मागलाई सम्बोधन गर्नुपर्ने देखिन्छ ।” आयोजनाले स्थानीयवासीको मागलाई बेवास्ता गर्ने र स्थानीयवासीले हचुवामा अवरोध गर्ने गरेका कारण जलविद्युत् आयोजनाको निर्माण सुस्त हुन पुगेको उनको भनाइ छ । त्यसका लागि पालिकाले समन्वयको पहल शुरू गरेको उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार