सूचनाको हकसम्बन्धी विधेयक हुबहु पारित हुुँदैन : सभामुख श्रेष्ठ
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २१:२८:३७
२ चैत, काठमाडौं । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संविधानको मर्म र भावनाको प्रतिकूल हुने गरी सूचनाको हक सम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित नहुने दृढता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित ‘प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार कानूनको’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सञ्चारकर्मीले पनि आफ्नो पदीय आचारणलाई आत्मसात् गरी जवाफदेहीसाथ कर्तव्यपालन गर्नुपर्ने बताएका छन् । मुलुकको स्वतन्त्रतासहित प्रजातन्त्रको संवद्र्धन गर्न प्रेस जगतको अपरिहार्य भूमिका आवश्यक रहेको उनले बताएका छन् ।
सभामुख श्रेष्ठले आमजनतालाई आफ्नो अभिव्यक्ति व्यक्त गर्ने स्वतन्त्रताको साथै मौलिक हकको संवद्र्धन गर्ने सञ्चार विधेयकलाई सरकारले निषेध गर्न नसक्ने उल्लेख गर्दै प्रेस र सरकारको बीच सुमधुर सम्बन्ध कायम हुनुपर्ने र त्यसो गरिएमा मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि सफल हुने विश्वास व्यक्त गरे ।
महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताप्रति सरकारले अङ्कुश लगाउन नहुने उल्लेख गर्दै प्रत्येक समुदायले आ–आफ्नो धर्म संस्कृति, रीतिरिवाजको सम्वद्र्धन गर्न र व्यक्तिगत स्वतन्त्रताको अभिव्यक्तिलाई प्रशासनिक रुपमा सञ्चार ऐनको विभिन्न दफामा प्रावधान राख्न नहुने सुझाव दिएका छन् । उनले संवैधानिक निकायले निष्पक्ष भई प्रेसलाई सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सो अवसरमा महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट, मकवानपुर अध्यक्ष हरि हुमागाईं, केन्द्रीय सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य कृष्ण गिरी, वाग्मती प्रदेशका सल्लाहकार गिरिजा अधिकारीले सङ्घीय र प्रदेश सरकारले सञ्चार क्षेत्रमा आफ्नो स्वार्थलाई उपयोग गर्ने रणनीतिलाई त्यागेर सञ्चार क्षेत्रलाई पूर्णस्वायत्त, स्वतन्त्रता प्रदान गर्नुपर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार