पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता २० हजार पु¥याइने

नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २२:४७:४९

कृष्ण दवाडी
२ चैत, कास्की । शिलान्यासको एक वर्षपछि पर्यटकीय शहर पोखरामा देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको छ ।
गत वर्ष फागुन अन्तिम साता १६ हजार ५०० दर्शक क्षमताको अन्तरराष्ट्रिय मापदण्डको रङ्गशाला चार महिनामा बनाउने लक्ष्यसहित शिलान्यास भएकामा लामो समय रङ्गशालाको ढाँचा तयार नहुँदा काममा ढिलाइ भएको थियो । हाल निर्माणाधीन रङ्गशालाको ९० प्रतिशत हाराहारी काम सकिएको बताइन्छ । आगामी चैत १५ भित्रमा सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । रङ्गशालामा अघिल्लो सम्झौता भन्दा तीन हजार ५०० सिट थप गरिने भएको छ । पर्यटकीय तथा फुटबल आकर्षण रहेको शहर पोखरामा कम्तीमा पनि २० हजार क्षमताको रङ्गशाला निर्माण गर्न खेलकर्मीले माग गर्दै आएका थिए ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी तीन महिनाभित्रमा २० हजार दर्शक क्षमताको प्यारापिट तयार गर्ने गरी काम अघि बढेको बताए । यहाँको फुटबल माहोल, प्राकृतिक सुन्दरता आदिका कारणले रङ्गशालाको क्षमता वृद्धि गर्ने योजनामा पुगिएको उनको भनाइ थियो । रङ्गशालाभित्रसमेत आवश्यकता अनुसार विभिन्न खेलका पूर्वाधारको स्तरोन्नति गरिने सिलवालको भनाइ छ । रु एक अर्ब २८ करोड लागतमा फुटबल रङ्गशाला निर्माणको लागि राखेप र एमए कन्स्ट्रक्सन तथा ग्रेट स्र्पोट्स ईन्फ्रा (जेभी) बीच सम्झौता भएको थियो । क्षमता वृद्धिसँगै यसको लागत समेत केही बढ्ने बताइन्छ ।
निर्माण चरणमै रहेपनि हिमशृङ्खला सहितको मनमोहक रङ्गशालाको सुन्दर तस्वीर यतिबेला स्वदेश तथा विदेशमा चर्चित बनेको छ । सुन्दर शहरमा अन्तरराष्ट्रियस्तरको आकर्षक फुटबल रङ्गशाला बनेपछि यसलाई पोखरेलीले गौरवको रुपमा लिएका छन् । साउनयता निर्माणकार्यले गति लिएर सागको महिला फुटबल यही खेलाइए पनि अधिकांश काम बाँकी रहेको थियो । सागमा तीन हजार ५०० सिट जडान गरी प्यारापिट तयार भएकामा हाल मैदानको चारैतिर गरी १६ हजार ५०० दर्शक अट्ने गरी प्यारापिटमा सिट जडान गरिसकिएको निर्माण कम्पनीले जनाएको छ । रङ्गशालाको उत्तरमा तीन हजार ४४४, दक्षिणमा तीन हजार ६९०, पश्चिममा तीन हजार ८१४ र पूर्वीभागमा पाँच हजार २६८ सिट जडान गरिएको छ ।
त्यसैगरि अति विशिष्ट कक्षमा २८, विशिष्ट कक्षमा २२८ तथा अशक्तका लागि २८ सिट जडान गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जिनीयर प्रनिश ताम्राकारले जानकारी दिए । निर्माणाधीन रङ्गशालामा १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो । स्वरुप फेरिएको रङ्गशालाको सुविधासम्पन्न प्यारापिटमा बसेर दर्शकले खेलको मज्जा लिएका छन् । आहा रारामा कोरोना सङ्क्रमणको त्रासका कारणले दर्शक केही कमी भए पनि रङ्गशाला पुग्ने दर्शक व्यवस्थित रङ्गशाला देखेर मोहित हुने गरेका छन् । “जुन रङ्गशाला तयार भएको छ । यो विश्वको अन्य कुनैपनि देशमा यति सुन्दर छैन । बाँसको अस्थायी प्यारापिटमा बसेर खेल हेर्ने हामीहरु अहिले खुशी छौँ”, फुटबल समर्थक अङ््कित पोखरेलले भने ।
पोखरा फुटबल रङ्गशाला परियोजनाका प्रबन्धक दीपक बरालले अघिल्लो सम्झौता अनुसार अब केही काम मात्र बाँकी रहेको बताए । थप संरचना निर्माणका लागि काम अघि बढेको उनि बताउछन् । “खेलकूदमन्त्री, यहाँका खेलप्रेमी सबैको चाहना पोखरामा बढीभन्दा बढी क्षमताको रङ्गशाला बन्नुपर्दछ भन्ने छ, यही अवस्थामा समेत २० हजार पु¥याउन सकिन्छ । सोही अनुसार प्यारापिट सामग्री तयार गर्ने कार्य शुरु भएको छ ।” प्रबन्धक बरालले भने । अति विशिष्ट प्यारापिटमा छानो छाउने, शौचालयको फिनिसिङ, अति विशिष्ट प्यारापिटको तल कपडा फेर्ने (चेञ्जिड रुम), रेफ्री, मेडिकल कोठा, कन्फ्रेन्स हल, सिष्टम कन्ट्रोल कक्ष, भिआइपी लाउन्ज एण्ड रेष्टुरेन्ट र मिडिया कक्षको काम भइरहेपनि कोरोना भाइरस सङ्क्रमणको त्रासले काममा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ ।
तोकिएको समयभित्रमा बाँकी सबै काम सम्पन्न गर्ने तयारी थियो । तर घर गएका भारतीय कामदार कोरोना भाइरसको सङ्क्रमणको डरले आइनपुग्दा अवरोध सिर्जना भएको बताइन्छ । रङ्गशालाको क्षमता वृद्धि गर्ने तयारी भएपछि फ्रान्समा प्यारापिटका सामग्री निर्माणको लागि ‘अर्डर’ भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीले फ्रान्सबाट रङ्गशालाका निर्माण सामग्री ल्याउने गरेको छ । विसं २०३९ मा निर्माण गरिएको फुटबल रङ्गशालाको विशिष्ट कक्ष विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेको थियो । सागको महिला फुटबल पोखरामा सञ्चालन गर्ने तय भएसँगै आधुनिक र अन्तरराष्ट्रिय मापदण्डको फुटबल रङ्गशाला निर्माण शुरुआत गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
झापा कप: दार्जिलिङलाई हराउँदै इटहरीको जागृति सेमिफाइनलमा
पुष २, २०८१ मंगलबार
दशाैं राष्ट्रिय खेलकुद : तनहुँमा खेलाडी दर्ता फाराम भर्ने म्याद थप
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार