मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा डीम्याट खाता निः शुल्क

नेपालबहस संवाददाता
चैत २, २०७६ सोमबार ०:२७:२२

२ चैत्र, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना निक्षेपकर्ताहरुको विभिन्न वित्तीय आवश्यकताहरु पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालिन तथा मजबुत गराउन बचत खाता खोल्दा डीम्याट खाता निशुल्क खोल्ने जनाएको छ । बैंकले बचत खाताहरुमा नविनतम सुविधाहरु प्रदान गर्दै जाने योजना अनुरुप कुनैपनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था मिलाएको हो ।
देशभर सञ्चालनमा रहेका कुनैपनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थित भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टाभित्र हितग्राही खाता उपलब्ध गराइने ब्यहोरा समेत बैंकले जनाएको छ । भौतिक शेयर प्रमाणपत्रलाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने छ । यो योजना सीमित अवधिको लागि मात्र लागु हुनेछ ।
यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताएका छन् ।
पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ-संस्था, विभिन्न व्यापार-व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ-संस्था तथा विषयगत सहकारी संघ-संस्था लगायत अन्य संघ-संस्थालाई लक्षित गरी “मुक्तिनाथ संस्थागत उपलब्धि खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धि बचत खाता’’ सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ ।
मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत एक हजार न्युनतम मौज्दातमा संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखको दुर्घटना मृत्यू बीमा को सुविधा प्राप्त गर्नेछन् । मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी ) तथा निः शुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ ।
साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत रु १०० न्युनतम मौन्दातमा संस्थाका सम्पुर्ण कर्मचारीका लागि रु ७ लाखको दुर्घटना मृत्यू बीमाको सुविधाका साथै व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाख मध्ये जुन कम हुन्छ, सो बराबर हुने गरी विना धितो कर्जा सुविधा लिन सकिनेछ । मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संस्थाका कमचारीहरुले मात्र यो बचत खाता खोल्न सक्नेछन् ।
यस व्यक्तिगत उपलब्धी बचत योजना अन्तर्गतका माथि उल्लेखित बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निः शुल्क VISA Debit Card बैंकको यो सेवा १३३ वटै शाखाहरुबाट लिन सकिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
माओवादीमा‘तराई मधेश जागरण अभियान’ शुरुकै दिन विवाद
फागुन १२, २०८१ सोमबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
अब नेपाली रेडियो एक कदम अगाडि नेपाली पात्रोमा सुन्न सकिने
फागुन १३, २०८१ मंगलबार
मन्त्रिपरिषदबाट अनुकुल निर्णय नभएपछि उर्जामन्त्रीले फेरी सोधे कुलमानलाई २४ घण्टे स्पष्टीकरण
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
मंगलबार ७ अंकले बढ्यो बजार : नेप्से २७६५ मा बन्द, ९ अर्ब ९० करोडका शेयर खरिदबिक्री भए
फागुन १३, २०८१ मंगलबार
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले प्रभावित
फागुन १३, २०८१ मंगलबार