कोटेश्वर–कलङ्की सडकमा लेन व्यवस्थापन : कम गतिमा गुड्ने गाडी बायाँ लेनबाट
नेपालबहस संवाददाता
चैत २, २०७६ सोमबार १:४:२०
२ चैत काठमाडौं । कोटेश्वर–कलङ्की आठ लेन सडकखण्डमा आजदेखि निश्चित लेनबाट मात्रै गाडी गुड्न पाइने गरी नयाँ नियम लागू गरिएको छ । उक्त सडकमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी बाया सर्भिस लेन तथा निजी र साना सवारी साधन दाया लेनबाट मात्र चलाउन पाइने व्यवस्था लागू गरिएको हो ।
सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित गर्न, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ती बसाउन उक्त नियम लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले कोटेश्वरमा आज एक समारोहका बीच उक्त नियम लागू भएको घोषणा गरेका हुन् । सो क्रममा कलाकार जितु नेपाल, केदार घिमिरेलगायत प्रहरी अधिकृत, यातायात व्यवसायीको उपस्थिति रहेको थियो भने ट्राफिक नियमसम्बन्धी सचेतनाको लागि सारङ्गी टोलीले साङ्गीतिक प्रस्तुती दिएको थियो ।
लेन प्रयोगका लागि पहिलो चरणमा प्रचारप्रसार गरिने र त्यसपछि नियम नमान्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रु एक हजार ५०० सम्म जरिवाना गर्ने जनाइएको छ । यसअघि भक्तपुरको जडिबुटीबाट सूर्यविनायकसम्म उक्त नियम लागू गरिएको थियो । अर्को चरणमा कोटेश्वर– गौशाला र कलङ्की नागढुङ्गामा उक्त नियम लागू गर्ने तयारी गरिएको महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार