युरोपकाे अवस्था थप भयावह, २४ घण्टामा ३ सय ६८ जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार १४:९:३०
३ चैत, एजेन्सी । युरोपमा कोभिड–१९ बाट ज्यान गुमाउने र नयाँ सङ्क्रमण थपिने क्रम बढेको छ । इटालीमा गएको २४ घण्टामा थप ३ सय ६८ जनाको ज्यान गएको भने ३५ सय ९० जना नयाँ बिरामी थपिएका छन् ।
यो सँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । २४ हजार ७ सय ४७ जनामा सङ्क्रमण भएको छ । २० हजार ६ सय ५ जना उपचार गराइरहेका छन् । स्पेनमा ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ भने ७ हजार ८ सय ४३ जनामा सङ्क्रमण भएको छ । फ्रान्समा १ सय २७ जनाको ज्यान गएको र ५ हजार ४ सय २३ जना सङ्क्रमित भएका बीबीसीले जनाएको छ ।
वेलायतमा पनि ३५ जनाको ज्यान जानुको साथै १३ सय ९१ जना सङ्क्रमित भएका छन् । जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, डेनमार्क, पोर्चुगल लगायतका देशमा पनि सङ्क्रमण बढिरहेको छ । युरोपका सबैजसो देशले कडा प्रतिबन्ध सुरु गरेका छन् । मानिसलाई काममा जान, खाना र औषधि किन्न बाहेक हिँडडुल रोकिएको छ । विश्व स्वास्थ्य संगठनले पनि चीनबाट शुरु भएको कोरोना माहामारीको केन्द्र अब युरोप भएको बताएको छ ।
१ सय ५७ देशमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै १ लाख ७० हजार मानिस सङ्क्रमित भएका छन् भने ७६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । ६ हजार ५ सय जनाको ज्यान गैसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार