कपनबाट एक लाख ६८ हजार मास्क बरामद
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार १४:१८:२१
पाँच रुपैयाँकाे मास्कलाई ३० देखि ४० मा बिक्री, सात जना पक्राउ
३ चैत, काठमाडौं । काठमाडौंको कपनबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क आइतबार बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कोरोना भाइरस ‘कोभिड ¬१९’ को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो । कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार उनीहरुले सञ्चालन गरेको अर्को सतुङ्गलको गोदाममा पनि ठूलो परिमाणमा मास्क रहेकाले सिल गरेर राखिएको र सोमबार पुनः कारवाही चलाइने छ र यसअघि शनिबार प्रहरीले काठमाडौंको डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो ।
उनीहरुले पाँच रुपैयाँ पर्ने मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले काठमाडौँमा खोजी अभियान जारी राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
ट्रम्पले फ्लोरिडामा समर्थकलाई गरे सम्बोधन, आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने
कात्तिक २१, २०८१ बुधबार
जित नजिक पुगेका ट्रम्पले फ्लोरिडामा सम्बोधन गर्ने
कात्तिक २१, २०८१ बुधबार
कोशीका कानुनमन्त्री अधिकारीले पदबाट दिए राजीनामा
कात्तिक २१, २०८१ बुधबार
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार
२१ दिनका लागि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
कात्तिक २१, २०८१ बुधबार
गोसाइँकुण्ड आसपास क्षेत्रमा हिमपात
कात्तिक २१, २०८१ बुधबार