पीपीईको उत्पादन ४० प्रतिशतले वृद्धि गर्न डब्लुएचओको माग
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार १८:१७:२२
संक्रमणको कारण त्रासको अवस्था सिर्जना, रुघा खोकी लाग्दा पनि कोरोना नै हो कि भन्ने डर ?
३ चैत, एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको कारण त्रासको अवस्था सिर्जना भएको छ । सामान्य रुघा खोकी लाग्दा पनि कोरोना नै हो कि भन्ने डर मानिसमा देखिएको छ ।
कोरोना भाइरसको संक्रमणका केही विशेष लक्षणहरु छन्ः
ज्वरो आउनु र थकान महसुस हुनु
लगातार खोकी लाग्नु
स्वास प्रस्वासमा समस्या हुनु
यी लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श लिने र कम्तिमा सात दिन घरमै बस्नु पर्ने स्वास्थ्यकर्मीले बताएका छन् । विशेष गरी लगातार खोकी लाग्ने र उच्च ज्वरो आएमा सतर्कता अपनाउनु पर्ने हुन्छ । विश्वभर अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ भने १ लाख ६२ हजार भन्दा धेरै संक्रमित छन्।
यसैबीच, कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अत्यावश्यक पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट ‘पीपीई’को उत्पादन ४० प्रतिशतले वृद्धि गर्न विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले माग गरेको छ ।
उत्पादन कम्पनी तथा सरकारहरुले पीपीई सामग्रीको उत्पान तत्काल ४० प्रतिशतले बढाउन सके मात्रै मागलाई धान्न सकिने डब्लुएचओले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएकाले माग बढेको तथा मानिसहरुले आवश्यकता भन्दा बढी सामग्री किन्न थालेका कारण मास्कसहितका पिपिई सामग्रीको अभाव विश्वव्यापी बनेको छ ।
पिपिई सामग्रीको अभाव, आवश्यकता भन्दा बढी किन्ने बानी तथा दुरुपयोगका कारण कोरोनासँगै अरु संक्रामक रोगहरु फैलिने जोखिम बढेको डब्लुएचओले जनाएको छ । पिपिई सामग्रीको अभावका कारण स्वास्थ्यकर्मीहरु जोखिम तानिने र त्यसले गर्दा संक्रमण थप भयावह बन्ने भएकाले तत्काल उत्पादन वृद्धि गर्नु पर्ने माग गरिएको हो ।
ग्लोब्स, मेडिकल माक्स, रेस्पिरेटर्स, गगल्स, गाउन, एप्रोनसहितका सामग्रीको अभावका कारण डाक्टर, नर्स, स्वास्थ्य अधिकारी तथा उनीहरुको सेवा प्रभावित भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि सर्जिकल माक्सको मूल्य ६ गुणा तथा एन ९५ रेस्पिरेटरको मूल्य तीन गुणाले बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार