कोरोनाको भयले धौलागिरी अञ्चल अस्पतालमा भीड
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार १८:३६:१७
३ चैत, काठमाडौं । विश्वभर महामारिको रूपमा फैलिरहेको कोरोना भाइरसको चौतर्फी जोखिम बढेसँगै धौलागिरी अञ्चल अस्पतालमा कोरोनाको भय लिएर आउनेको सङ्ख्या बढ्दो छ । सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीहरु कोरोनाको आशङ्कामा हतास बनेर आउने क्रम बढेको अस्पतालले जनाएको छ ।
देश विदेशमा कोरोनाको चर्चा सुनेको र यही बेलामा रुघाखोकी लागेकाले कोरोना आशङ्कामा परीक्षणका लागि अस्पताल आएको जैमिनी नगरपालिकाका विष्णु थापाले बताए । “जताततै कोरोनाकै चर्चा सुनेर मनमा एक किसिमको डर हुन्छ,” थापाले भने, “यस बेलामै रुघा लाग्ने, घाँटी दुख्ने गरेकाले अस्पतालमा परीक्षण गर्न आएको हूँ ।”
दीर्घरोगीलाई छिटो सङ्क्रमण हुने भन्दै अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएको लामो समयदेखि मुटु रोगबाट पीडित भएकी एैसरा रानाले जानकारी दिइन् । धौलागिरी अञ्चल अस्पतालमा व्यावहारिक अभ्यासका लागि प्राविधिक विद्यालयबाट आएका श्रृष्टि बराइलीले बच्चाहरुलाई सामान्य रुघखोकी लाग्दा पनि कोरोना लाग्यो भन्दै आत्तिँदै आउने गरेको बताइन् । “यो मौसम परिवर्तनको समय भएकाले रुघाखोकी र भाइरल ज्वरो धेरैलाई लाग्न सक्छ,” धौलागिरी शिक्षा प्रतिष्ठान एचए तेस्रो वर्षमा अध्ययरनत बराइलीले भनिन्, “कोरोना भाइरसको डरले बच्चादेखि पाका मानिसहरु पनि मलाई कोरोना त लागेको छैन भनेर आफैँ सोध्ने गर्दछन् । यस्तो सङ्ख्या बढ्दो क्रममा छ ।”
बच्चाहरुलाई अहिले धुलो, धुवाँ र मौसम परिवर्तनका कारण रुघाखोकी, भाइरल ज्वरो आउने भएकाले नआत्तिन स्वास्थ्यकर्मी सुझाउँछन् । यस्ता बिरामीलाई सम्झाइबुझाइ गर्ने र रगत जाँचसहित परामर्श गरेर पठाउने गरेको बराइली बताउछिन् । कोरोना सन्त्रासका कारण अहिले अस्पतालमा मास्क किन्न आउने मानिसको सङ्ख्यासमेत बढेको छ ।
कोरोनाका कारण विश्वभर त्रास सिर्जना भएकाले यहाँ पनि विशेष गरेर बच्चाहरुलाई रुघाखोकी, भाइरल ज्वरो आउँदा पनि कोरोना भयो भन्दै आउने सङ्ख्या केही देखिएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी. पोखरेलले बताए । “चौतर्फी चर्चाले होला, आत्तिँदै कोरोना त लागेन भनेर जाँच गर्न आउनेको सङ्ख्या अलि बढी छ,” डा पोखरेलले भने, “हामी उनिहरुलाई उपचार मात्र होइन कोरोनाको विषयमा परार्मशसमेत प्रदान गर्दछौँ ।”
पोखरेलका अनुसार सामान्य रुघाखोकी लाग्नासाथ कोरोना आशङ्काले अस्पताल आउन थालेको भन्दै अहिले दैनिक ४०० को हाराहारीमा बिरामी अस्पताल आउन थालेका छन् । अहिलेसम्म धौलागिरी अस्पतालमा त्यस्तो उच्च जोखिमका बिरामी फेला नपरेको उनको भनाइ छ । कोरोनाको सम्भावित बिरामी सङ्क्रमण भएको अवस्थामा पनि छुट्टै कक्षमा राखेर उपचार गर्ने गरी अस्पतालमा दुई शय्यासहितको आइसोलेसन वार्डको व्यवस्था गरिएको डा पोखरेलले जानकारी दिए । कोरोना फैलिएको देशबाट आएका, सामान्य रुघाखोकी, ज्वरोभन्दा उच्च जोखिम भएका, श्वासप्रश्वासमा समस्या देखिएका मानिसहरु भेटिएमा उनिहरुलाई छुट्टै राखेर जाँच गर्ने, परामर्श, उपचार गर्ने व्यवस्था मिलाइएको पोखरेल बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार