मालिकार्जुनमा ३० वर्षपछि खानेपानी योजना निर्माण हुँदै
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २०:५:१२
३ चैत, दार्चुला । मालिकार्जुन गाउँपालिका–२ मा ३० वर्षपछि बृहत् खानेपानी तथा सरसफाइ योजना शुरु भएको छ । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाअन्तर्गत भगवती खानेपानी तथा सरसफाइ योजना शुरु भएको हो ।
वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका बस्तीका लागि खानेपानी योजना शुरु गरिएको छ । भगवती खानेपानी तथा सरसफाइ योजनाअन्तर्गत सिराड बस्ती र ठिङ बस्तीका गरी १६९ घरधुरीमा खानेपानी पहुँच पु¥याउने उद्देश्यले योजना शुरु गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सहयोगी संस्था सामुदायिक ग्रामीण विकास समाज नेपालका फिल्ड संयोजक रवीन्द्रसिंह धामीले जानकारी दिएका छन् ।
“विगतमा एउटा टोलमा एउटा खानेपानी धारा थियो,” उनले भने, “अहिले हरेक घरधुरीमा खानेपानी धारा निर्माण गर्नेगरी योजना शुरु गरिएको छ ।” यो योजनाले दुवै बस्तीका १६९ घरधुरी, दुई विद्यालय, एक स्वास्थ्य चौकी, एक वडा कार्यालय र चारवटा मन्दिरमा समेत धारा निर्माण गरिनेछ ।
योजना निर्माणका लागि नेपाल सरकारको रु पाँच लाख ९९ हजार ५६८, फिनल्यान्ड र युरापेली युनियनको रु ३१ लाख ४७ हजार ७३३, गाउँपालिकाको ७८ लाख ६ हजार ८७९ र उपभोक्ताको श्रम लगानी ४० लाख ५९ हजार ५७७ गरी कूल रु एक करोड ५६ लाख १३ हजार ७५९ लागतमा खानेपानी तथा सरसफाइ योजना निर्माण हुन लागेको हो ।
योजना निर्माण शुरु भएपछि स्थानीयवासी बिहानदेखि बेलुकीसम्म काममा जुटेका छन् । योजना निर्माण गर्न २६ प्रतिशत जनश्रमदान गर्नुपर्ने भएपछि हरेक घरधुरीबाट एकजना काममा जुटेका हुन् । खानेपानी योजनाको शाखा लाइन खोदानमा जनश्रमदानको काम भइरहेको भगवती खानेपानी तथा सरसफाइ योजनाका उपभोक्ता समिति सचिव कल्यानसिंह धामीले जानकारी दिएका छन् ।
यो गाउँमा २०४६ सालमा खानेपानी योजना निर्माण गरिएको थियो । त्यसयता खानेपानी योजना मर्मतसम्भार हुन नसकी गाउँमा पानी अभाव हुन थालेपछि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत खानेपानी योजना निर्माण भइरहेको उनले बताएका छन् ।
“गाउँमा ३० वर्षपछि स्वच्छ पिउने पानी पुग्ने भएपछि स्थानीयवासी खुशी छन्,” उनले भने, “पहिले धारामा पानी हुँदैन थियो, लाइन कुरेर बस्नुपथ्र्यो ।” एक गाग्री पानीका लागि आधा घण्टासम्म कुर्नुपरेको धामीले सुनाए । अहिले सबैको व्यक्तिपिच्छे खानेपानी धारा, धाराबाट बचत भएको पानी तरकारी बगैँचा निर्माण गरिने भएपछि स्थानीयवासीमा खुशियाली छाएको छ ।
गाउँमा खानेपानी तथा सरसफाइमा सुधार हुने भएपछि स्थानीयवासीले जनश्रमदानमा समेत उल्लेखनीय सहभागिता देखाएको कार्यक्रमका फिल्ड संयोजक धामीले बताएका छन् । “अहिले सबै घरधुरीबाट योजना निर्माणमा सहभागिता उल्लेखनीय छ”, धामीले भने । खानेपानी योजना आगामी २०७८ जेठमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार