त्रिवेणीधाम सबल गन्तव्य बन्दै
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २१:१:७
३ चैत, नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणीधाम पछिल्लो पटक आन्तरिक र बाह्य पर्यटकका लागि सबल गन्तव्य बन्दै गएको छ । नेपालकै धार्मिक एवं पर्यटकीय महत्व बोकेको यस त्रिवेणीधाममा अहिले पर्यटक आउने क्रम दिन प्रतिदिन बढेको पाइन्छ ।
त्रिवेणीधाममा रहेका ऐतिहासिक धार्मिकस्थलमा पछिल्लो पटक पर्यटकलाई लक्षित गरी भौतिक संरचनाका विभिन्न पूर्वाधारसमेत निर्माण हुन थालेको पाइन्छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट करीब ३२ किलोमिटर दक्षिणी क्षेत्र र सङ्घीय संरचनानुसार गण्डकी प्रदेशअन्तर्गत नवलपुर (पूर्वी नवलपरासी) को विनयी त्रिवेणी गाउँपालिका–६ मा ऐतिहासिक त्रिवेणीधाम पर्दछ ।
पुराना मठमन्दिर रहेको ऐतिहासिक धार्मिकस्थल यहाँ रहेको पाइन्छ । श्रद्धालु र पर्यटकको आगमन सहजताका लाग पछिल्लो पटक सडक विस्तार र भौतिक पूर्वाधार विस्तारका काम पनि शुरु हुन थालेको छ ।
नेपालका धार्मिक एवं ऐतिहासिकस्थल मध्येको यस त्रिवेणीधाममा प्रत्येक वर्ष माघे औँसी र अन्य धार्मिक चाडबाडमा ठूलो मेला लाग्ने गर्दछ । प्रचारप्रसारको अभावले ओझेलमा पर्दै गएको त्रिवेणीधामको विकास गर्न स्वामी कमलनयन आचार्य क्रियाशील भएर लाग्नुभएको छ ।
यसको विकास र प्रवद्र्धनमा सङ्घीय सरकार र प्रदेश सरकारको थप ध्यान पुगेमा यस क्षेत्रलाई राम्रो पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने अवस्था रहेको स्थानीय बद्री निगमको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार