तपाई ढुक्क हुनुस, ग्यास लगायत पेट्रोलियमको अभाव हुँदैन
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २०:४४:६
आइतबार मात्र रक्सौल नाकाबाट ८६ बुलेट ग्यास भित्रिए
३ चैत, काठमाडौं । नेपालमा अहिले कोरोना भाइरसको बहाना बनाएर उपभोक्ताले ग्यास तथा पेट्रोलियम पदार्थ थुपार्न थालेपछि बजारमा ग्यास अभाव भएको छ । दैनिक आवश्यकता सामानसंगै ग्यासको अभाव हुन थालेपछि आम नागरिक नेपाल आयल निगमले ग्यास लगायत पेट्रोलियम पदार्थको अभाव नभएको प्रस्ट पारेको हाे।
आइतबार संसद्को उद्योग तथा वाणिज्य र उपभोक्ता तथा श्रम समितिमा बोल्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले केही दिनयता पहिलाको तुलनामा ग्यास आयात बढोत्तरी गरिएको जानकारी दिएका हुन् । फेब्रवरी महिनामा निगमले ४१ हजार एक सय १५ मेट्रिक टन ग्यास ल्याएको जनाएको छ। तीन महिनाअघि ३६ हजार मेट्रिक टन हाराहारीमा ग्यास आउने गरेको थियो।
उनका अनुसार आइतबार मात्र रक्सौल नाकाबाट ८६ बुलेट ग्यास भित्रिएको छ। एउटा बुलेटमा एक हजार दुई सय ५० थान ग्यास सिलिन्डर हुन्छ। देशमा भित्रिने ग्यासमध्ये ४५ प्रतिशत उपत्यका र बाँकी उपत्यकाबाहिर खपत हुने गर्छ। निगमको आग्रह अनुसार भारतले पहिलाको भन्दा बढी ग्यासको लोड गरिरहेको उनले जानकारी दिए।
केही उपभोक्ताले अभाव हुने आंशका गरी एकैचोटी खाली सिलिन्डर भर्न खोज्दा अभाव देखिएको पौडेलले प्रस्ट पारे। ढुवानी आपूर्तिमा कुनै समस्या नभएको र जुन डिलरले जति माग्छन् त्यति नै मात्रामा ग्यास भारतबाट आइरहेकाले कुनै पनि उपभोक्ताले अनावश्यक रूपमा ग्यास थुपार्न जरूरी नभएको उनले प्रस्ट पारे। निगमका अनुसार नेपालमा महिनामा सरदर ३० लाख थान सिलिन्डर ग्यास खपत हुने गरेकोमा केही दिनयता उपभोक्ताले खपत भन्दा बढी ग्यास खरिद गरेर थुपारेका छन्। हाल देशभरि ५८ ग्यास उद्योगका एक करोड १२ लाख ग्यास सिलिन्डर छन्।
केही उपभोक्ताले अभाव हुने आंशका गरी एकैचोटी खाली सिलिन्डर भर्न खोज्दा अभाव देखिएको पौडेलले प्रस्ट पारे। समितिको बैठकमा बोल्दै सांसदहरूले आपूर्तिमा समस्या नहुँदा नहुँदै उपभोक्ताले सहज ग्यास पाउन सक्ने अवस्था नभएकाले अनुगमनलाई जोड दिई कालोबजारी गर्ने ग्यास लुकाउनेलाई कारबाही गर्न माग गरेका छन्। ग्यासबाहेक डिजल, पेट्रोल र हवाई इन्धन समेत नियमित ढुवानी भइरहेको निगमले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार