महेन्द्र र चमेरे गुफाकाे गुरुयोजनानुसारनै विकास हुनुपर्छ
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २१:८:४४
३ चैत, पाेखरा । गण्डकी प्रदेशसभाका सदस्यले प्राकृतिक गुफाका रुपमा रहेका महेन्द्र गुफा र चमेरे गुफालाई गुरुयोजनाअनुसार नै व्यवस्थित विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
बिन्ध्यवासिनी मावि बाटुलेचौरको आयोजनामा गुफा क्षेत्रको विकासका सन्दर्भमा गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने यस क्षेत्रका सांसदसँगको छलफलमा उनीहरूले दुवै गुफाको विस्तृत गुरुयोजना निर्माण भएकाले यसको पर्यटकीय विकासमा प्रदेश सरकारको ध्यान जानुपर्ने बताए ।
गण्डकी प्रदेशसभाका सार्वजनिक लेखासमितिका सभापति कुमार खड्काले गुफाभित्रको आकर्षण बढाउन सकेमा मात्रै पर्यटकको आकर्षण बढ्ने धारणा राखे । गुफा आसपासको समग्र विकासका लागि पनि आफूहरू एकमत रहेको बताउँदै उनले योजनाको प्रथामिकीकरण गर्न आग्रह गरेका छन् ।
सांसद विन्दुकुमार थापाले विकास निर्माणका काममा राजनीतिभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याउँदै वडा नं १६ को विकासका लागि योजना तर्जुमासहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न वडाध्यक्षलाई सुझाव दिएका छन् ।
अर्का प्रदेशसभा सदस्य प्रभा कोइरालाले महेन्द्र तथा चमेरे गुफाको विकासले यस क्षेत्रको सुन्दरता बढाउने बताउँदै विकासका काममा कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे । प्रदेशसभा सदस्य मीना गुरुङले सबैको सहकार्यबाट नै प्रदेशलाई समृद्घ बनाउन सकिने उल्लेख गरेका छन् ।
वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, पूर्ववडाध्यक्ष उदयबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतले गुफा क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
महेन्द्र गुफामा विद्यालयले नाला र कलात्मक रेलिङ्गको निर्माण गरिरहेको उक्त अवसरमा जानकारी गराइयो । पर्यटकीय गन्तव्यका रुपमा प्रदेश सरकारको योजनामा परेको महेन्द्र गुफामा सरकारकै सहयोगमा चिल्ड्रेन पार्क निर्माणका लागि प्रक्रियासमेत शुरु भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको सिमाना जोडिएको कोरला नाका पूर्वाधारको पर्खाइमा
जेठ १३, २०८१ आइतबार
तमोर–मेवा जलविद्युत आयोजनाको काम सुरु
जेठ ११, २०८१ शुक्रबार
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
जेठ १०, २०८१ बिहिबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
इमेलबाट पठाइएका निवेदनको दर्ता नं दिन सूचना आयोगको निर्देशन
जेठ १६, २०८१ बुधबार
पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको शहर
जेठ १६, २०८१ बुधबार
कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
काठमाडौंसंग ललितपुर पराजित
जेठ १६, २०८१ बुधबार
दुई मन्त्रीसहित गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ
जेठ १६, २०८१ बुधबार